• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

शव आयो आफन्त आएनन्

कमाउन साउदी अरब गएर उतै मृत्यु भएका एक कामदारको आफन्त पत्ता नलागेपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वरप्रसाद देवकोटा तनावमा छन्  साउदी अरब पुगेका इलाम माइपोखरीका शान्ताकुमार लिम्बूको आफन्त पत्ता लगाइदिन उनी स्थानीय प्रशासन सञ्चारगृहलाई गुहारिरहेका छन्
महिनाअघि मृत्यु भएका लिम्बूको शव बुझ्न कोही
नआएपछि उनी आफन्तको खोजीमा जुटेका हुन् 'तीन महिना भइसक्यो खोजीमा लागेको,' उनले भने, 'आफन्त खोज्न स्थानीय प्रशासन दुई पटक लिम्बूको गाउँ पुगिसक्यो सञ्चारमाध्यममा सार्वजनिक सूचना पनि प्रकाशित भइसक्यो तर अझै पत्ता लागेको छैन '
स्थानीय प्रशासनले लिम्बूको घरमा ताला लगाएको जानकारी बोर्डलाई दिएको आफन्त कोही नभेटेपछि लिम्बूको शव त्रिवि शिक्षण अस्पतालमा अलपत्र उनको मृत्यु भएपछि शव साउदीकै स्थानीय अस्पतालमा राखिएको थियो लामो समयसम्म कोही बुझ्न नआएपछि त्यहाँको प्रहरीले शव रियादस्थित नेपाली दूतावासमा ल्याएर राखिदिने चेतावनी दिएकाले बोर्डले जिम्मा लिएको थियो 'दूतावासमा ल्याएर फालिदिने चेतावनी आएकाले हामीले जिम्मा लिने गरी झिकायौं,' देवकोटाले भने, 'स्वदेश ल्याउँदा पनि कोही सम्पर्कमा नआएपछि अहिले समस्या भएको '
गाँउलेले स्थानीय प्रशासनका प्रतिनिधिलाई लिम्बूको परिवारमा कोही नभएको जानकारी दिएका छन् उनीहरूका अनुसार लिम्बूका बाबु बेपत्ता छन् बाबु बेपत्ता भएपछि आमाले दोस्रो विवाह गरिन् लिम्बू साउदी उडेपछि उनकी श्रीमतीले पनि दोस्रो विवाह गरेर घर छाडिन् 'शव के गर्ने भन्ने अन्योलमा छौं,' उनले भने, 'आफन्त नभेटिए शिक्षण अस्पतालमा अध्यापन प्रयोजनका लागि उपयोग गर्ने भन्ने सल्लाहमा ल्याएका थियौं,' उनले भने, 'तर अहिले अस्पतालले पनि धेरै शव भएकाले स्थान अभावमा नराख्ने बतायो '  
लिम्बूको शव हाल प्रहरीको जिम्मामा 'कोही नआए बेवारिसे भन्दै प्रहरीले सनाखत गर्छ,' उनले भने श्रमस्वीकृति लिएर गएका लिम्बूको करार अवधि ननाघेको खण्डमा बोर्डबाट एक लाख रुपैयाँ क्षतिपूर्ति परिवारले पाउने कानुनी प्रावधान

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply