युनिटीका २६ जनाविरुद्ध जाहेरी
मेचीनगर अनलाइन
|
Thursday, September 9, 2010
|
0 comments
इटहरी, भदौ २४ -गैरकानुनी रुपमा नेटवर्क व्यापार गर्दै आएको युनिटी लाइफ इन्टरनेसनल प्रालिले ठगी गरेको भन्दै २६ जना लिडरलाई कारबाहीको माग राखेर बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी परेको छ।
युनिटी पीडित संघर्ष समिति पूर्वाञ्चलका प्रतिनिधिको अगुवाइमा पूर्वाञ्चलका अगुवा लिडर सुनसरी धरानका धनबहादुर राई भनिने डिबी राई, दीपक राई, धनकुटाकी मञ्जु श्रेष्ठ, सुनसरी हाँसपोसाका
नवराज बानियाँ, विराटनगरका कुशेश्वर राई, धरानका केशवप्रसाद रिजाल, मोरङ बयरवनका सुमन घिसिङ, टंकप्रसाद सिटौला र रामबहादुर राईविरुद्ध उजुरी परेको हो।ठगी गरेको उजुरी युनिटी लाइफ प्रालिका संस्थापक अध्यक्ष काशिराम गुरुङ, अर्थ निर्देशक विष्णु क्षेत्री, आइटी डाइरेक्टर नेत्र राजवंशी, प्रशिक्षक निर्देशक कृष्ण क्षेत्री, डिपार्टमेन्ट स्टोरका निर्देशक इन्द्रबहादुर विक, सञ्चालक महेन्द्र केसी र विश्वनाथ गौतमविरुद्ध पनि जाहेरी परेको सुनसरीका प्रहरी प्रमुख एसपी भूपालकुमार भण्डारीले बताए।
पूर्वका अगुवा लिडर युनिटीका पूर्वाञ्चल प्रमुख राजेन्द्र राई, इलाम अस्पताल प्रमुख तीर्थ ढकाल, इटहरी युनिटी अस्पतालका एकाउटेन्ट कुबेर बराल, सहायक एकाउन्टेन्ट तथा स्टोर किपर विजय नेपाल, सन्तोष शाह, धरानका अर्जुन आचार्यलगायतविरुद्ध किटानी जाहेरी दिएको संघर्ष समितिका सचिव पवन अधिकारीले बताए।
युनिटी पीडित संघर्ष समितिका संयोजक राजु घिमिरेका अनुसार ग्राहक बने बापतको रकम सजिलै फिर्ता नगरे इटहरीको हस्पिटल र धरानको डिपार्टमेन्टल स्टोर कब्जा गरी सञ्चालन गरेर भए पनि रकम असुल्ने बताए। हस्पिटल र डिपार्टमेन्ट स्टोर पीडित सदस्यले अहिले तालाबन्दी गरेका छन्। सुनसरीमा १० हजारभन्दा बढी युनिटीका पीडित सदस्य छन्। पूर्वाञ्चलमा १ लाख बढी छन्।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed