• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

उर्लाबारीमा गोल्डकपको तयारी

खिलानाथ ढकाल, विराटनगर, भदौ २५- मोरङको उर्लाबारीमा उपेन्द्र थापा स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। उर्लाबारीका दिवंगत समाजसेवी उपेन्द्र थापाको स्मृति दोस्रोपटक गोल्डकपको आयोजनामा हुने भएको हो। प्रतियोगिता असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
उर्लाबारी युवा क्लब र इनिग्मा गाइजको संयुक्त आयोजनामा स्थानीय राधिका माविको प्राङ्गणमा फुटबल खेल संचालन हुने आयोजकले जानकारी दियो। मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगितामा चर्चित ८ वटा टिम सहभागी हुनेछन्।

आयोजक समितिका सचिव घनश्याम भण्डारीका अनुसार चर्चब्वाइज युनाइटेड काठमाडौं, धरान फुटबल क्लब, नाइट चेस क्लब काँकडभिट्टा, ध्रुबतारा र्स्पोटिङ क्लब दमक, राष्ट्रिय जागृति क्लब इटहरी, रानी टीम विराटनगर तथा भारत दार्जिलिङस्थित करसाङ ११ र आयोजक उर्लाबारी ११ ले प्रतियोगितामा सहभागिता रहनेछ।
गोल्डकप संचालनका लागि नेपाली कांग्रेसका युवा नेता खड्ग फागोको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ। प्रतियोगिताका लागि तीब्र तयारी भइरहेको उनले बताए।
खेल सम्पन्न गर्न अनुमानित १० लाख खर्च लाग्ने भएकोले यथाशीघ्र आर्थिक संकलनका लागि द्रुत गतिमा समिति सक्रिय भएको सचिव भण्डारीले जानकारी दिए। जसका लागि स्वर्गीय उपेन्द्र थापाको परिवारको तर्फबाट ५० हजार, अन्य व्यापारिक प्रायोजन र स्थानीय दाताबाट रकम उपलब्ध हुने अनुमान गरिएको छ।
खेलमा प्रथम टिमलाई ५० हजार, दोस्रो स्थान हासिल गर्ने टिमलाई ३० हजार तथा उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई १०-१० हजार प्रदान गरिने पनि सचिव भण्डारीले बताए। मोरङ उर्लाबारीका पूर्व प्रधानपञ्च उपेन्द्र थापा लोकप्रिय समाजसेवी समेत भएकोले उनको स्मृतिलाई चीरस्थायी बनाउन गोल्डकपको आयोजना गरिएको सह-संयोजक गोपाल कटुवाल बताउँछन्।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply