श्रीमानले कुट्दा श्रीमतीको मृत्यु
मेचीनगर अनलाइन
|
Saturday, September 11, 2010
|
0 comments
झापा, भाद्र २६ - श्रीमान्को कुटाइबाट शनिबार बिहान झापाको पाठामारीमा एक महिलाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यलय झापाका अनुसार पाठामारी- २ का महमद हकिर मियाँले घरायसी विबादमा २४ वर्षीया श्रीमती निहारी खातुनलाई शुक्रबार निर्घात कुटेका थिए । कुटपिटबाट सख्त घाइते भएकी खातुनलाई बिहान
उपचारका लागि स्थानीय स्वास्थ्य च्ाौकीम्ाा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । महमदलाई प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed