बोल्ने बेला आएको छैन –ज्ञानेन्द्र
मेचीनगर अनलाइन
|
Saturday, September 11, 2010
|
0 comments
विराटनगर, भाद्र २६ - पूर्व राजा ज्ञानेन्द्र शाहले अहिले आफुले बोल्ने बेला नभएको बताएका छन् । विराटनगरमा शनिवार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने 'अहिले जो जो बोल्छन् त्योसँगमात्र कुरा गर्नुस । मेरो बोल्ने बेला होइन ।'
विराटनगर भएको गणपति महोत्सवमा पुगेर गणेशको पुजाअर्चनापछि होटल रत्नामा विश्रामका क्रममा उनले विभिन्न क्षेत्रका व्यक्तिसँग एकल र सामुहिक भेटघाट गरेका छन् । यही
क्रममा उनले पत्रकारहरुसँग संक्षिप्त बोलेका हुन् । उनलाई भेट्न आउने अधिकांशले सक्रिय राजतन्त्र आवश्यक रहेको बताएका थिए । केहीले भने राजधानी गएका बेला निवासमा भेट दिन आग्रह गरेका थिए । उनलाई भेट्नेहरुमा शाही शासनका बेला विभिन्न ओहदामा रहेर सक्रिय भइ हाल सुषुप्त बसेकाहरु र धार्मिक संघसंगठन सम्बद्धहरु छन् ।Filed Under: राजनीति


0 comments
Trackback URL | Comments RSS Feed