• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

विद्यालय खोलापारी घर खोलावारी

बाहुनडाँगी २७ भाद्र बाहुनडाँगी–३ पहलेधापका ८ वर्षिय अशोक मुखिया वर्षतको समयमा दिनहुँ जस्तो विद्यालय जानबाट बञ्चित हुने गरेका छन्
उनी कक्षा ३ मा पढ्न भानु उच्च मावि भृकुटी आउँछन् । तर उनलाई निन्दाखोलामा आउने बाढीले न त विद्यालय जान दिन्छ जसोतसो गरेर विद्यालय गइहाले भने पनि बेलुका घर फर्कदा अचानक आउने बाढीले घर जानबाट बञ्चित गराउने गरेको छ । अशोक त यस ठाउँका प्रतिनिधि पात्र मात्र हुन् उनी जस्ता हजारौं विद्यार्थी बाढीको जोखिम मोल्दै विद्यालय धाउने गरेका छन् ।
विशेष गरेर पहलेधाप, बडागाँउ, भावनाचोक, हिन्दुगढ, तेलपानी सेङलेङटार, खम्बुटार लगायतका क्षेत्रका विद्यार्थीहरु प्राविदेखि उच्च माविसम्मको शिक्षा लिनबाट बञ्चित हुने गरेका हुन् ।
पहेलेधाप, हिन्दुगढ र भावना चोकमा एउटा पनि प्रावि स्कुल नहुनु अनि अन्य क्षेत्रबाट उच्च मावि पढ्नका लािग मेची जनसाधारण उच्च मावि आउनुपर्ने बाध्यता नै रहेको छ । जसका निम्ति खोलामा विद्यार्थी तर्न सक्नेसम्मको पुल नहुँदा त्यसक्षेत्रका अधिकांश विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित हुने गरेका छन् । जेठ महिनादेखि भदौको अन्तिमसातासम्म आउने बाढीका कारण विद्यार्थीहरु प्रत्यक्ष मारमा पर्ने गरेको जनता माविका विज्ञान शिक्षक भुपेन्द्र दाहाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘यो समस्यामा विद्यार्थीमात्र होइन, सम्पूर्ण बाहुनडाँगीबासीलाई नै प्रत्यक्ष असर पर्ने गरेको छ’।

तीमाथि वडा नं. ५ सबैभन्दा बढी बाढीको चपेटामा पर्ने गरेको छ । किनकि आपूmलाई चाहिने आधारभूत सामाग्री लिन समेत खोला तर्नुपर्ने बाध्यता रहेको छ । साथै यो समस्या विद्यार्थीहरु विद्यालय नआउने भएकाले बेलामा कोर्ष नसिद्धिने गरेको शिक्षकहरु बताउँछन् ।

यसरी प्रभावित हुने विद्यालयहरुमा भानु उच्च मावि, मेची जनसाधारण उच्च मावि, जनता मावि, पूर्वाञ्चल बोर्डिङ स्कुल रहेका छन् । यी विद्यालयहरुमा अधिकांश विद्यार्थीहरु निन्दा खोला तर्नुपर्ने बाध्यता रहेको छ । भावना चोक, तेलपानी र खम्बुटार लगायतका क्षेत्रबाट उच्च मावि पढ्न विद्यार्थीहरु भानु उच्च मावि र मेची जनसाधारण उच्च मावि आउने गरेका छन् ।

मेची जनसाधारणका प्राचार्य मुक्ति चापागाई भन्नुहुन्छ ‘धेरैजसो विद्यार्थीहरु खोला तरेर आउनुपर्ने भएकाले बाढी आएको दिन त क्याम्पसनै बन्द गर्नुपर्ने अवस्था हुन्छ यिनै समस्याहरु समाधान गर्ने उद्देश्यले भर्खर मात्र पुल निर्माणका निम्ती राष्ट्रिय योजना आयोग, सडक विभाग र नेपालस्थित भारतीय राजदुतावासमा बाहुनडाँगीबाट गएको सात जनाको टोलीले निवेदन दर्ता गराएका छन् ।

यस क्षेत्रमा पुल निर्माण हुनसकेमा सिंगो बाहुनडाँगीका बासिन्दा मात्र होइन शान्तिनगर, बुधबारे, इलाम तथा भारतका विभिन्न ठाउँका बासिनदा समेत लाभान्वित हुनेछन् । जनता माविका विव्यस अध्यक्ष बसन्त पौड्याल भन्नुहुन्छ ‘यस क्षेत्रमा पुल निर्माणका निम्ति एमाले अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र सभासद उषा गुरुङ लगायतका नेताहरुले विशेष महत्व दिएकालेले पनि केही वर्षभित्रमा नै पुल निर्माण हुने कुरामा हामीलाई विश्वास रहेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply