• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अवैध आयात रोक्न कर्मचारी परिचालन

सुब्रत न्यौपाने, झापा, ५ असोज, राजस्व लक्ष्य पूरा नभएपछि मेची भन्सार कार्यालय काँकरभिट्टाले अवैध आयात रोक्न कर्मचारी परिचालन गरेको छ । राजस्व चुहावट नियन्त्रणका लागि खटाइएको सशस्त्र प्रहरीले जिम्मेवारीअनुरूप काम नगरेपछि भन्सारले सातायता सीमावर्ती क्षेत्रमा आफ्नै कर्मचारी परिचालन गरेको हो ।

तस्करसँग मिलेर अवैध आयातलाई सशस्त्र प्रहरीले छुट दिन थालेपछि राजस्व असुली न्यून हुँदै गएको भन्सार स्रोतको दाबी छ । 'लाइन' लिएर सामान छोड्ने सशस्त्र प्रहरीको घुस्याहा प्रवृत्तिका कारण राजस्व घटेको भन्सार कर्मचारी बताउँछन् ।
 भारतबाट भन्सार छलेर सामान भित्र्याउने क्रम तीव्र भएपछि भन्सार अधिकृतको नेतृत्वमा ५ सदस्यीय टोली परिचालन गरिएको भन्सार प्रमुख डा. ज्ञानुराजा श्रेष्ठले बताए ।

'टोलीले सीमावर्ती क्षेत्रका मुख्य नाकामा गस्ती गर्नेछ,' डा. श्रेष्ठले भने, 'टोली परिचालन गरेपछि अवैध रूपमा भित्र्याइएको सामान बरामद गर्ने क्रम तीव्र छ ।' उनले सशस्त्र प्रहरीसँग मिलेर टोलीले गस्ती गर्ने बताए । झापाको बाहुनडाँगी, नकलबन्दा, र सतिघट्टा चोरी पैठारीका प्रमुख नाका मानिन्छन् । यी नाकामा सशस्त्र प्रहरीको उपस्थिति न्यून हुने गरेको छ । उपस्थिति भए पनि प्रहरीले पैसा लिएर सामान छाड्ने गरेको छ ।

भदौ अन्तिम सातासम्म १३ करोड ८६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा हुन नसकेपछि भन्सारले आफ्नै सवारीसाधनबाट २४सै घन्टा गस्ती गरी कर्मचारी परिचालन गरेको हो । सो अवधिमा मेची भन्सारले ६६ लाख ६८ हजार रुपैयाँ मात्र संकलन गरेको छ । सोही भन्सार महसुलतर्फ ७ करोड १० लाख ९५ हजार, मूल्य अभिवृद्धि करतर्फ ६ करोड ५६ लाख ७ हजार ६ सय र अन्तःशुल्कतर्फ १९ लाख ६ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

आव ०६६/६७ मा १ अर्ब ७९ करोड ५१ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा पनि मेची भन्सार असफल भएको थियो । लक्ष्यभन्दा १७ प्रतिशत कम अर्थात् १ अर्ब ४८ करोड १६ लाख ६३ हजार रुपैयाँ मात्र राजस्व संकलन भएपछि भन्सारले राजस्व असुलीका सम्भावना खोज्न सुरु गरेको थियो । त्यस क्रममा चोरी पैठारी रोक्न भन्सार कर्मचारी परिचालन गर्ने निर्णय भएको थियो । कतिपय कृषिजन्य उत्पादन निकासीमा सरकारलेे कडाइ गरेपछि राजस्व असुली प्रभावित भएको भन्सारको दाबी छ ।

नेपालबाट भारतलगायत अन्य मुलुकमा निर्यात हुँदै आएको कृषिजन्य उत्पादन गहुँमा प्रतिबन्ध लगाइएपछि पनि राजस्व असुलीमा गिरावट आएको भन्सार अधिकृत शिशिर घिमिरेले बताए । दाल निर्यातमा पनि सरकारले कोटा निर्धारण गरेपछि राजस्व घटेको छ । पूर्वी नाका भएर आउने पत्थर, कोइला रेलमार्ग हुँदै विराटनगर र वीरगन्ज भन्सारबाट भित्रिन थालेपछि मेची भन्सारलाई लक्ष्यको तुलनामा प्रगति गर्न मुस्किल परेको छ ।

द्वन्द्वकालमा विस्थापित छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन नसक्दा पनि सरकारले वर्षेनी करोडाँै राजस्व गुमाइरहेको छ । झापामा मात्र आधा दर्जन छोटी भन्सार विस्थापित भएका थिए । छोटी भन्सार सञ्चालनमा आउन नसक्दा मेची भन्सार कार्यालयले लक्ष्यअनुरूप राजस्व असुली गर्न नसकेको स्थानीय व्यवसायी बताउँछन् ।

Source : Nayapatrika

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply