• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

हामी पनि केही सिक्ने हो कि खुदुनाबारीबाट !

दिपीन राई खुदुनाबारी / विकास हुने प्रक्रियामा राज्यको नजर राम्रोसँग पुग्न नसकेको झापाको उत्तरी गाविस खुदुनावारीमा त्यस क्षेत्रका महेनती जागरुक जनताकै कारण विकसीत गाँउको रुपमा रुपातरण हुँदैछ । 
राजमार्गबाट ९ किलोमिटर उत्तरमा पर्ने खुदुनाबारी गाविस टाङटिङ नदीको कारण बिकास कार्यमा अवरोध उत्पन्न भएता पनि त्यस क्षेत्रका मेहनती जनता र विभिन्न संघ संस्था साथै भौगोलिक कारणबाट पनि बस्न योग्य ठाउँ बनेको छ । 
उन्नत जातका खशी विक्रिका लागि ल्याइएका
‘पहाडमा पहिरो जान्छ, मधेशमा बाढीले पिरोल्छ’  यस गाविसमा नत बाढीले पीरोल्छ न त पहिरोले दःख दिन्छ । त्यो दुवै कष्ट यस गाविसमा नपर्ने भएको हुँदा खुदुनाबारी बस्न योग्य भएको सामाजिक कार्यकर्ता प्रेम गिरी बताउँछन् । 
नौ वटा वाडले खोला नछुएको ठाउँ नै छैन, खोलाले छोएको वाडमा पैनी कुलेशो ल्याउने ठाउँ भएको हुँदा यस गाविसमा कृषि तथा पशु पालनका लागि योग्य मानिन्छ । त्यति मात्र होइन नगदे बाली उत्पाद
न गर्ने त्यत्तिकै राम्रो गाविस भनेर परिचित ।
खुदुनाबारी बजारको एक दृष्य । 
बहुदलीय प्रजातन्त्र स्थापना यता यस गाविसमा पहिलो गाविस अध्यक्ष शंकर विक्रम नेम्वाङ भएका थिए भने दोस्रो प्रेम गिरी । यी दुवै यस गाविसका उन्नती र प्रगति होस भन्ने जागरुक मानसिकता बोकेका विकास प्रेमी भएको हुनाले खुदुनाबारी गाविसको मुहारमा परिर्वतनको आएको स्थानीय बासीहरु वताउँछन् । यी दुवैको पालामा विभिन्न संघ संस्थाहरुको जन्म भएको छ । विकासका लागि गाउँमा नै जनचेतना अभिवृद्धि गर्न सकिन्छ र गाउँलाई नै नमुना गाविस बनाउन सकिन्छ भन्ने उद्देश्यले यहाँका बचत तथा सहकारीहरु जन्मिएको हुँदा यहाँका जनताहरु आर्थिक दृष्टिकोणले दुई वर्ष यता निकै माथि उस्केको उनीहरुको जीवनशैलीले प्रष्टाएको छ । यस गाविसमा १७ हजार जनसंख्या देखिएता पनि नारी भन्दा पुरुषको संख्या केही बढेर आएको तथ्याङ्कले देखाएको छ । खुदुनाबारीको आर्थिक विकासको लागि यहाँका सहकारीको देन अतुल्लनीय देखिन्छ भने पूर्वाधार विकासका लागि गाउँ विकास समिति र सामुदायिक वनको हात रहेको देखिन्छ भने मानव विकासका लागि रेडक्रस , अभियान नेपाल, महिला समूह अग्रसर भएको सामाजिक कार्यकर्ता प्रेम गिरीको ठम्मयाई छ । यस क्षेत्रमा २५ वटा कृषक समूहहरु छन् । त्यसको अगुवाई अमर मूल कृषक समूह भएकोले खुदुनाबारीका अधिकांश कृषकहरु व्यवसाय खेती तथा पशुपालन राम्रोसीतले फस्टाउँदै आएको छ । 
त्यसो त उत्तरी इलाम जिल्लाको आधा दर्जन भन्दा बढी गाविसको केन्द्र विन्दु खुदुनाबारी गाविस भएको हुँदा हिजो आज खुदुनाबारी बजारको रुपमा पनि विकसीत हुँदै आएको छ । यहाँ लाग्ने पुशहाट झापाकै दोस्रो हाटको रुपमा परिचित छ । व्यवस्थीत बजार, ताजा कृषि समाग्रीहरु विक्री वितरण हुने भएको हुँदा मासिक रुपमा करौडोको कारोबार यस क्षेत्रमा हुने गरेको पाइन्छ । 
पौराणिक महाभारत कथामा पाण्डवका गाई गोरुहरु भिल्लहरुले हरण गरेर लुकाएको ठाँउ लुकानी हाल (सुखानी) र पाण्डव हरुले आफ्नो गाई वस्तु खोजी तलासी गरेको ठाउँ हाल खुदुनाबारी भएको हुँदा यस ठाउँको नाम  खुदुनाबारी भएको भन्ने भनाई छ भने स्थानीय पाकाका भनाई अनुसार कुमाल बस्ती बसोबास भएको ठाउँ भएको हुँदा कुमाल भाषामा कोदोलाई (खुदु) र कोदो पनि नफल्ने बारीलाई (ना) त्यस्तो बारी भएको हुँनाले यस क्षेत्रलाई खुदुनाबारी भनिएको भनाई छ ।  
इतिहासमा जेजस्तो भएता पनि यस क्षेत्रलाई अगाडि बढाउनको लागि अभियान नेपाल र यस गाविस अन्तरगत ६ वटा सामुदायिक वन क्रियाशीलसँगै यस क्षेत्रका मेहेनती जनताका कारण बाट खुदुनाबारीको मुहारमा परिर्वतन आएको अभियान नेपालका अध्यक्ष सुर्य नेम्वाङले बताए । 
यस क्षेत्रमा सामाजिक कार्यमा महिलाको नाम लिदाँ मोतीमाया खवास, सञ्चमाया इङनाम, मुना गौतम, कमला आचार्य, सरस्वती गोले, यमुना आचार्यको नाम अगाडि छ भने पुरुष क्षेत्रबाट यस गाविसमा लागि परेका नाम लिनुपर्दा मेदनी चापागाई, लक्ष्मी इङनाम, खगेन्द्र काफ्ले, योगेन्द्र आचार्य, रामबहादुर निरौला, नरेन्द्र इङनामको नाम अगाडि देखिन आएको छ । खेलकुद क्षेत्रमा मदन नेम्वाङ र ढुडी गौतम सांगीतक क्षेत्रमा पदम कन्दङवाको नाम त्यहाँका जनताले विर्सिदैनन् । भुटानी शरणर्थी क्यापले घेरीएता पनि विकास निर्माणका लागि यहाँका जातीय संघ संस्था, विभिन्न राजनीतिक दल क्रियाशील भएको जनजाति महासंघ खुदुनाबारीका अध्यक्ष नरेन्द्र इङनाम बताउछन् । यस क्षेत्रमा ८ वटा भन्दा बढी जातीय संघ संस्था छ । तीनीहरुको आप्mनै परम्परा अनुसार चाडपर्व मनाएता पनि भाइचार एकता र विकासका लागि सँधै एक हुने गरेको जातीय संगठनका महिला हस्ती मिना पन्धाक बताउँछिन् । आर्थिक रुपमा खुम्चिएर बसेको यहाँका जनता सहकारी नीतिबाट सफल भएपछि सानो खाँचोमा साहू महाजनको घर आँगनमा धाउनु, नपर्ने परिश्रम गरेरै भए पनि सहकारी नीतिबाट आर्थिक खाँचो टर्ने गरेका छन् । यहाँका ७ वटा सहकारी चलयमान भएको सामाजिक व्यक्तित्व प्रमे गिरी बताउँछन् । यस क्षेत्रमा कोपिला बचत, कुम्भीटार बचत, खुदुनाबारी कृषि सहकारी, सुखानी कृषि सहकारी, टाङटिङ कृषि सहकारी, अभियान नेपाल बहुद्देशीय र साना किसान सहकारी अग्र स्थानमा देखिन्छ । 
‘गाउँमा गाउँमा सहकारी घर घरमा भकारी’, भन्ने अभियान सफल हुँदै गएको ठाउँ खुदुनाबारीलाई लिन सकिने बन्दै आएको छ । यहाँका युवा शक्तिहरुलाई परिचालन गर्न विभिन्न क्लवहरु निर्माण भएका पनि छन् भने गाविस, स्वास्थ्य चौकी, रेडक्रस जस्तो संस्थाले यहाँको उन्नती र प्रगतिमा उत्तिकै महत्व दिँदै आएको गाविस सचिव बासुदेव भट्टराई बताउँछन् । आत्मा निर्भरताको लागि आगडि बढ्दै गरेको यहाँका जनताहरु अभियान नेपालको सहयोगमा गरिँदै आएका सकारात्मक सिप तथा कार्यले जिवनमा परिवर्तन आएको युवा खगेन्द्र लिङदेनले बताउँछन् । संविधानमा नै जातीय अधिकारहरु सुनिश्चित हुनुपर्छ भनी यहाँका अधिकार उठाउन गर्ने मुक्ति योद्धाहरु पनि सकारात्मक कार्यमानै आगडि बढेको देखिन्छ । छिटो समयमा परिवर्तन देखिएको यस गाविसमा व्यपार व्यवसाय पनि निकै राम्रो छ भने यस क्षेत्रमा बस्न योग्य जग्गा भएको हुँदा  अन्य ठाउँबाट बसाई सराई गरी अउने संख्या पनि बढेदै छ भने जग्गाको मुल्यमा पनि वृद्धि भएको छ । भविष्यमा राम्रो प्राविधिक शिक्षालय तथा शैक्षिक संस्था स्थापित गरिने भएको हुँदा खुदुनाबारीलाई अगाडि बढाउन यहाँका राजनीतिक दलहरु एक जुट हुने गरेको बताउँछन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply