अलैची उत्पादन वर्षेनी घट्दो
मेचीनगर अनलाइन
|
Wednesday, September 22, 2010
|
0 comments
कोकिला ढकालं/ इलाम, ६ असोज देशकै अर्थतन्त्रको मुख्य हिस्सा ओगट्न सफल भएको अलैंची टिप्ने यो मुख्य सिजन भएपनि सोचे जस्तो अलैंची उत्पादन नहुँदा कृषकहरु निकै चिन्तित भएका छन् ।यो वर्ष प्रतिमन ५० हजार रुपैया देखि माथि खरिद बिक्री भएको अलैंची छिर्कै, फूर्के लगायका विभिन्न रोगकै कारण बगाननै सखाप भइसकेको र बाँकी रहेको बगानमा पनि सोचे जति उत्पादन हुन छाडेको कृषकहरु बताउँछन् । अलैंचीको इतिहासमै उच्च मुलय कायम भएपछि विरुवा लगाउन उत्साहित भएका कृषकहरु पुरानो बगानबाट भने निरास भएका छन् । दुईचार वर्ष अघि सम्म ६० मन अलैंची उत्पादन भएको बगानमा अहिले ६ किलो पनि उत्पादन नभएको इलाम पंञ्चकन्याका कृषक पञ्चमान राईले
बताए । नयाँ विरुवा लगाउँदा पनि त्यही रोगले भेट्टाउँछ रोगको निदान नभई अलैंची पुन विस्तार नगर्दा हुने निष्कर्शमा पुगेको राई बताउँछन् ।
बताए । नयाँ विरुवा लगाउँदा पनि त्यही रोगले भेट्टाउँछ रोगको निदान नभई अलैंची पुन विस्तार नगर्दा हुने निष्कर्शमा पुगेको राई बताउँछन् ।
इलामको अलैची उत्पादन यसवर्ष २ सय ६१ टन घटेको छ । उत्पादन क्षेत्र र उत्पादकत्व क्षमता मूल्याङ्कन गर्दा अलैचीको उत्पादन वर्षेनी घट्दो अवस्थामा रहेको एक तथ्याङ्कले देखाएको छ ।
इलाममा आर्थिक वर्ष ०६४÷०६५ मा १ हजार २ सय २४ टन उत्पादन भएकोमा आर्थिक वर्ष २०६५/२०६६ मा ९ सय ६३ टन मात्र उत्पादन भएको अलैची विकास केन्द्र फिक्कलको तथ्याङ्क छ । केन्द्रका अनुसार आर्थिक वर्ष ०६३/०६४ मा २ हजार ७ सय ४६ हेक्टरमा १ हजार ७ सय ८४ टन अलैंची उत्पादन भएको थियो । आव ०६४/०६५ मा २ हजार ४ सय ६९ र आव ०६५/०६६ मा २ हजार १ सय हेक्टर जमीनमा अलैची खेती गरिएको केन्द्रको तथ्याङ्ग छ ।
cfly{s jif{ | v]tL ul/Psf] If]q÷ hdLg -x]S6/df_ | pTkfbg -6gdf_ |
@)^#÷)^$ | @,&$^ | !,&*$ |
@)^$÷)^% | @,$^( | !,@@$ |
)^%÷)^^ | @,!)) | (^# |
देशकै १२ प्रतिशत अर्थतन्त्र धानेको अलैंची इलाम जिल्लाका किसानको भने प्रमुख नगदेबाली हो । पछिल्लो समयमा देखिएको अनियन्त्रित रोगका कारण बोट नै मासिएपछि जिल्लाको अलैची उत्पादनमा यस वर्ष ७० प्रतिशतले गिरावट आएको केन्द्रले बतायो ।
अलैंचीमा उपाचारै नहुने छिर्केफूर्के, गानो कुहिने बोट सुक्नेलगायतका रोगहरुले गर्दा ७५ प्रतिशत अलैची मासिइसकेको केन्द्रका अलैंची विकास दिनेश सिंहले बताए । सरकारले अलैचीमा लाग्ने रोग, माटो तथा औषधी विषेशज्ञको व्यवस्था गर्न नसक्नु र भरपर्दो अनुसन्धान हुन नसक्नु उत्पादनमा गिरावट आउने मुख्य कारण रहेको सिंह बताउँछन् । ‘अलैंची लगाइएको जमिनको उचाइ र उचाइका आधारमा नमिल्ने जातका अलैची खेती गरिएका कारण रोगको प्रकोप बढेको हो,’ उनले भने ‘किसानले यसको उपचार पाएका छैनन् ।’
अलैंचीमा लाग्ने रोगको पहिचान नभएकोे जिल्ला कृषि विकास कार्यालय बताउँछ । इलामका अधिकृत राजेन्द्रकुमार मल्लका अनुसार अलैंचीलाई पुन विस्तार गर्ने प्रयासमा रोगको शत्रु जीव व्यवस्थापन कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ । अलैंचीमा भाइरसजन्य रोग फैलाउने मुख्य कारण लाइकीरा भएको र त्यसको नियन्त्रण गर्न सके अलैंचीको रोग नियन्त्रण हुन सक्ने उनले बताए । ‘तर कृषि विकास कायालयले मात्र अलैंचीको समस्या समाधान गर्न भने सक्दैन,’ मल्ल भन्छन् ‘पहिले वास्तविक रोगको पहिचान हुन गाह्रो छ ।’
सुरुसुरुमा प्रतिरोपनी ३६ किलो उत्पादन हुने अलैंची अहिले प्रतिरोपनी साढे २२ किलोमा झरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी अलैंची उत्पादन गर्ने जिल्ला ताप्लेजुङ्गमा अलैंची खेती भएको ४ हजार ८ सय १३ हेक्टर जमिनमध्ये ३ हजार ८ सय ५० हेक्टरमा २ हजार २१ टन अलैंची उत्पादन हुने गरेको छ । ताप्लेजुङ्गको उत्पादकत्व शुन्य दशमलव ५२ र प्रतिरोपनी २७ किलो छ । देशका ३७ भन्दा बढी जिल्लाहरुमा उत्पादन हुने अलैची १२ हजार ३ सय ६० हेक्टर जमीनमा खेती गरिन्छ । यसको उत्पादनशील क्षेत्र ११ हजार ८ सय ४३ हेक्टर छ भने उत्पादकत्व प्रति हेक्टर शुन्य दशमलव ५९ टन रहेको केन्द्रले जनाएको छ । अलैची खेतीबाट देशमा ११ लाख ८४ हजार ३ सय जनाले रोजगारी पाएका छन् ।
कृषकहरु भने अलैंचीका पुराना बगानहरु रोगकै कारण नष्ट भइसकेको र केही गर्दा पनि जोगाउने उपाय नचलेको बताउँछन् । इलाम साँखेजुङ्गका शुभराज खिम्दुङ्गलाई १५ मन सुख्खा अलैंची टिपेको आफ्नो पुरानो बगान मासिएको हेर्दा नयाँ बगान लगाउने जाँगर नै छैन । उनी भन्छन्, ‘नयाँ विरुवा लगाउँदा पनि रोग त सर्छ नै बिरुवा नलगाउँ भने जमिनको भौगोलिकताका कारण वैकल्पिक खेती गर्न सकिदैन ।’ यस्तो जमिन भएका कृषकलाई आगामी दिनमा खाद्यान्न संकट हुनसक्ने संभावना पनि उत्तिकै छ ।
यता कन्याम ४ तारगाउँका इन्द्रप्रसाद पौड्यालले भने अलैंची मासिने निश्चित भएपछि बैंकबाटै एक लाख रुपैयाँ ऋण लिएर अलैंचीबारीमा लौठसल्ला, सुगन्धवाल लगायतका जडीबुटीको खेती सुरु गरेका छन् । अलैची अलिअलि हुँदै अन्य नगर्दे खेती सुरु नगरे र अलैंचीमा सरकारले नै ध्यान नदिए देशमा आर्थिक संकट उक्कालो लाग्ने पौड्यालको ठहर छ । पौड्याल भन्छन्, ‘अलैंची खेतीको पुन विस्तारका लागि ६ प्रतिशत व्य।जदरमा ऋण उपलव्ध गराउन पर्छ ।’ जसबबाट कृषकहरुले नयाँ स्थानमा नयाँ विरुवा रोपेर पुनः खेती विस्तार गर्न सक्छन्, पुरानो ठाउँको सबै फ्याँक्नु पर्छ । आयका हिसाबमा यो वर्ष ८ हजार रुपैयाँ प्रतिमनका दरले बिक्री सुरु भएको अलैंची पछिल्लो समयमा प्रतिमन ३२ हजार ५ सय पुगेको व्यापारीहरु बताउँछन् । यो मुल्य हाल सम्मकै उच्च हो ।
रामसाइ, डम्बरसाइ, गोलसाइ, साउने, चिवे लगायतका जातका अलैची पूर्वी जिल्लाहरुमा खेती गरिन्छ । रोग देखा परेपछि नयाँ जातको अलैंची रोप्न थालेका जिल्लाको दक्षिणी गाविस जिर्मलेका कृषकहरु भने अलैंची खेतीप्रति धेरै आशावादी रहेका छन् । अन्य जातभन्दा अलि होचो, डाँठ केही हरियो र दाना केही सानो र हरियो हुने साथै सुख्खा ठाउँमा लगाउन सकिने यो जातको अलैंचीमा भने हाल सम्म रोग नदेखिएको जिर्मलेका याम अधिकारीले बताए । ९ वर्ष यता जिर्मलेमा खेती सुरु गरिएको सो अलैचीबाट उराम्रो उतपादन रहेका ेअधिकारीको भनाई छ । रोग नलाग्ने बुझेपछि अधिकारीले सो अलैंचीको ७ हजार विरुवा रोपि सकेका छन् । जिर्मले २ का टीकाराम वाइबाले भने १० रोपनी जमिनका लगाएको त्यही जातको अलैंची यसै वर्षमात्र ८ मन बिक्री गरिसकेका छन् । जिर्मलेमा यो जातको अलैंची खेती गर्ने १ सय ५० बढी परिवार रहेका छन् भने यो वर्षमात्रै जिर्मलेबाट ७५ देखि ८० मन अलैंची निकासी भएको छ ।
विश्व बजारको ५० प्रतिशत अलैंची नेपालमा उत्पादन हुने गरेको र सबै भन्दा राम्रो गुणस्तरको अलंैची पनि नेपालकै रहेको नेपाल अलैंची व्यावसायी संघ केन्द्रिय कार्यालय झापाले जनाएको छ । विशेष गरि नेपालको इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्थुम, संखुवासभा भोजपुर लगायतका पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैंची खेतीलाई आधुनिक प्रविधिबाट विकास गर्न नसकेको कृषकहरु बताउँछन् ।
नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको अलैची खेतीको विकासमा सरकारको स्पष्ट नीति नभएको र हाल सम्म कुनै नीति र कार्यक्रम तय गर्न नसकेको कारण पनि अलैची उत्पादन घट्न हो यसका लागि साझेदारी कार्यक्रम ल्याउन आवस्यक रहेको क्षेत्रिय कृष् िाविकास कार्यालय विराटनगरका निर्देशक डाक्टर श्यामकिशोर शाहले बताए ।
उत्पादनमा मात्र होइन निर्यात तथा बिक्रीमा पनि अलैंचीको अवस्था नाजुक रहेको छ । सन् २००४ मा नेपाल विश्व व्यापार संगठनमा प्रवेश गरिसकेको भए पनि सोझै तेस्रो मुलुक सँग सम्झैता गरेर सहव्यापार अघि बढाउन नसक्दा नेपाली कृषक तथा व्यवसायीहरु भारतमा आत्म निर्भर रहनु परेकाकारण अलैची व्यवसाय गिर्दो अवस्थामा पुगेको उद्योग वाणिज्य संघ इलामका सदस्य नुतनदेव दुलाल बताउँछन् । भारतमा मात्र वार्षिक १ अरब ३ करोड रुपैयाँ मुल्य बराबरको अलैंची निर्यात हुने गरेको छ । उत्पादित अन्य अलैंची बङ्गादेश, पाकिस्तान, सिङ्गापुर, युएई लगायतका राष्ट्रहरुमा निर्यात हुने गरेको छ । दुलाल भन्छन् , “एका तिर रोगको प्रकोप बढ्दो छ अर्का तिर औषधी उपचार तथा कृषकहरुलाई आवश्यक सहयोग गर्न समेत सरकार तत्पर छैन, त्यति हुँदाहुँदै पनि अन्तराष्ट्रिय वजारमा राम्रो पहिचान बनाएको नेपाली अलैंचीलाई सरकारले उचित तरीकाले निर्यात र व्यवस्थापन गर्नसकेको छैन”। यता केही समय अघि सम्म राम्रो उत्पादन रहेको अलैचीमा देखिएको रोगको नियन्त्रणमा सरकारले उदाशीनता देखाएकाले अव केही समयमै सवै अलैची सखाप हुने विज्ञहरुको ठहर छ ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा निकासीमा पनि ५० प्रतिशतले गिरावट आएपछि अलैंची उत्पादक कृषकहरुले अझ ठूलो घाटा वेहोर्नू परेको पूर्वाञ्चल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्याङ्क रहेको छ । चालू आर्थिक वर्षमा भने अलैंचीको मुल्य राम्रो भएकाले घाटा कम हुने जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा इलामबाट मात्रै एक करोड २५ लाख ३९ हजार रुपैंयाँ बराबरको ८७ मेट्रिक टन अलैंची निकासी भएको थियो । चालु आर्थिक वर्षको छ महिनामा ५६ लाख ४८ हजार रुपैंयाँ बराबरको ३५ टन मात्र अलैंची निकासी भएको केन्द्रले जनाएको छ ।
Filed Under: रिपोर्ट


0 comments
Trackback URL | Comments RSS Feed