• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

लोप हुँदैछन खर र परालले छाएका घरहरु

इटाभट्टा २७ भाद्र भित्री गाउँमा समेत टिनले छाएका र पक्की घर निर्माण हुन थालेपछि खर र पराले छाएका घर हराउँदै गएका छन् । बढ्दो आधुनिकीकरणसँगै पराल र खरको अभावले पनि यस्ता घर लोप हुँदै गएको हो ।

घर नबनेपछि खर र पराल बिक्री गरेर बार्षिक लाखौँ रुपैयाँ कमाई गर्नेहरु वैकल्पिक पेसा रोज्न बाध्य छन् । खरको खेती गरेर जीविको पार्जन गर्ने झापा ज्यामिरगढीका हरिकृष्ण राउत मान्छेले खर र परालले घर छाउन नै छाडेको कारण अहिले धान, मकै लगायतका खेती गरेर बस्न थालेका बताउँछन् ।

त्यस्तै, घर छाएर मजदुरी गर्दै आएका मजदूरको पेसा पनि सङ्कटमा परेको बीरबहादुर लामाले बताए । ‘गाउँ–सहरमा मान्छेले खर र परालले छाएका घर नै बनाउन छाडिसके’, लामाले भने, ‘अनि कसले काम गर्न बोलाउने ?’ पक्कीका घर धमाधम निर्माण भएपछि घर निर्माण सामग्रीको मुल्य भने आकसिएको स्थानीयवासी बताउँछन् । निर्माण मजदुरको ज्यालामा समेत बृद्धि भएको छ । तर, बूढापाका भने खर र परालले छाएका घरमा बस्न पाउँदाको जस्तो आनन्द टिन र पक्की घरमा नहुने बताउँछन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply