• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पहिरोले विद्युत सेवा अवरुद्ध

ताप्जेलुङ, २७ भाद्र निरन्तरको वर्षाका कारण ताप्लेजुङको हाङपाङस्थित सोबुवा खोला (२) लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको हो । 
जिल्ला विकास समिति, जिल्ला ऊर्जा तथा वातावरण शाखाको आयोजनामा निर्माण गरिएको ३५ किलोवाट क्षमता भएको लघु जलविद्युत् आयोजनाको ३५ मिटर कुलोको भाग पहिराले
बगाएको छ । विद्युत् बन्द भएपछि हाङपाङ गाविसको १ र २ वडा तथा चाँगे गाविसको ८ र ९ नम्वर वडाको करिव दुइ सय १३ घर प्रभावित भएका हुन् । पहिरोले प्रशारण लाइनको पाँचवटा पोल समेत बगाएको कारण करिब तीन लाख ५० हजार बरावरको क्षति गरेको हाङपाङका सामुदायिक परिचालक राजकुमार पोखरेलले जानकारी दिएका छन् ।
यसैबीच, अविरल वर्षाकै कारण जिल्लाको फुरुम्बु गाविसका ती घर परिवार जोखिममा परेका छन् । वडा नं= ८ स्थित गडीडाँडाको राजकुमार थापा, नन्दलाल निरौला, तिलबहादुर थापाको घर जोखिममा परेको हो । पहिरो नियन्त्रणका लागि भुसंरक्षण कार्यालय ताप्लेजुङले तीन लाख बराबरको जाली तार दिएपछि पर्खाल निर्माण गरिएको थियो । तार जालीबाट निर्मित पखाल समेत पहिराले बगाएपछि ती घर जोखिममा परेका हुन् । 
मुसलधारे पानीपरेपछि पहिरोको खतरा बढ्दै गएहो र घरको पेटीसम्म जमिन फाटेकाले उनीहरु थप बिचल्लीमा परेको स्थानीयबासी जय थापाले बताए । सोही ठाउँमा रहेको गोरेटो बाटो पहिरोले बगाएपछि स्थानीयलाई हिँडडुल गर्न समेत कठिनाई भएको छ । बाटो बन्द भएपछि वडा नं= ४, ५ र ६ का करीव तीन सय घर परिवार प्रभावित भएका छन् । यसले गर्दा फुरुम्बू माविमा पढ्ने विद्यार्थीलाई समेत आवागमनमा बाधा पुगको हो । सो बाटो गाविसको एक लाख चालिस हजार नगद र स्थानीयवासीको श्रमदानबाट निर्माण गरिएको थियो । पहिरोले स्थानीय मानबहादुर र कुमार फुरुम्बुको दुई रोपनी जग्गामा लगाएको अलैँची बगान समेत पुरिएको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply