गोलभेँडा खेतीबाट घडेरी
मेचीनगर अनलाइन
|
Sunday, September 12, 2010
|
0 comments
इलाम २७ भाद्र इलामको याङ गाउँका किसान दीपेन्द्र गड्तौलाले गोलभेँडा खेती गरेरै घडेरी जोडेका छन् । यो वर्षको आम्दानीले नौ रोपनी जमिन जोडेको उनले बताए ।
गड्तौलाका अनुसार खर्च कटाएर १० लाख रुपैयाँ नाफा भएको छ । अब उनले सोही जग्गामा आलु र काउलीखेती गर्ने योजना रहेको सुनाए । दीपेन्द्र आपूmले मात्र कमाएनन्, धेरै जनालाई रोजागारी पनि दिएका छन् । उनले गोलभेँडा खेतीमा १० जनालाई ६ महिनादेखि दैनिक रोजागारीमा राखेका छन् । गोलभेँडाखेतीमा औषधि उपचार गर्न मासिक सात हजार रुपैया तिरेर प्राविधिक समेत राखेको उनी बताउँछन् । प्राविधिकबाट गाउँमा अरुले लगाएको गोलभेँडा खेतीमा समेत सहयोग पुगको स्थानीय युवराज न्यौपानेले बताए ।
दीपेन्द्र मात्र होइन, याङ गाउँका अधिकांश किसान व्यावसायिक गोलभेँडा खेतितर्फ आकर्षित छन् । यो याममा उनीहरुले २५ लाख रुपैयाभन्दा बढीको गोलभेँडा बेचेका छन् । याङ गाउँका दुई दर्जनभन्दा बढी किसानले व्यावसायिकरुपमा गोलभेँडा खेती गर्दै आएका छन् । युवराज न्यौपाने आप्mनो थोरै जग्गा भएका कारणले गर्दा एक यामको २५ हजार रुपैयाँमा जग्गा भाडामा लिएर लगाएको गोलभेँडाबाट पाँच लाख आम्दानी भएको बताउँछन् । यति धेरै गोलभेँडा उत्पादन भएको इलामकै यो गाउँ पहिलो हो । यहाँ उत्पादित गोलभेँडा भारत निकासी हुने गरको छ ।
अन्नबालीको तुलनामा थोरै समयमा राम्रो आम्दानी हुने भएकाले यहाँ व्यावसायिक तरकारीजन्य खेती फस्टाउँदो छ । याङ गाउँमा मात्र होइन पछिल्लो समयमा जिल्लाका पशुपतिनगर, गोर्खे, बरबोटे, चमैतालगायत गाउँ विकास समितिमा व्यावसायिकरुपमा तरकारीजन्य खेती हुने गरेको छ ।
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed