• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

विर्तामोडको भविष्य के होला ?

@ दिनेश कार्की
केही समय अगाडिको कुरा हो । म समाचार संकलको लागि विर्तामोडबाट काँकरभिट्टा जाने क्रममा थिए । त्यतिकै एकजना ब्यक्तिले मलाई सोध्नुभयो–‘भाई यहाँ सार्वजनिक ट्वाइलेट कहाँ छ ?’ उहाँलाई यसो नियाल्दा स्थानीयभन्दा फरक हुनुहुन्थ्यो, उहाँले निकै तातो घाममा पनि कोट लगाउनु भएको थियो । उहाँले एउटा ब्याग पछाडि भीर्नु भएको थियो । मलाई लाग्यो उहाँ पक्कै पनि भर्खरै पहाडी जिल्ला इलाम, पाँचथर कतैबाट आएको हुनुपर्छ । म आफ्नै सुरमा थिए फेरि पनि त्यही प्रश्न दोहोरियो–‘भाई यहाँ सार्वजनिक ट्वाइलेट कहाँ छ ?’ म झस्के ! अनि यताउता हेरेँ । तर मैले  केही जवाफ दिन सकिन । तर फेरि त्यही प्रश्न दोहोरियो । अन्ततः मैले जवाफ दिनै पर्यो । ‘खै मलाई थाहा भएन, मेरो घर बिराटनगर हो ।’ मैले झुट बोल्दै उहाँलाई पन्छाएर आफ्नो बाटो तताए । मैले झुट बोल्नुको कारण म मा हीनताबो
ध भयो । मलाई विर्तामोडमा सार्वजनिक शौचालय छैन भन्न मन लागेन । किनभने मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र मानिने विर्तामोडमा म कसरी अन्य जिल्लाबाट आउनेलाई यहाँ सार्वजनिक शौचालय छैन भन्न सक्थेँ ? कमसेकम झुट बोलेर भए पनि आफ्नो जिल्ला, आफ्नो सहरको नाक राख्नु न थियो ।
यो झुटसँगै विर्तामोडको वास्तविकता झल्किरहेको थियो । जहाँ दैनिक हजारौं मानिसको आवात जावत हुन्छ । दैनिक लाखौं करोडौंको व्यापार हुन्छ । कैयौंले यही विर्तामोडको सडकमा आन्दोलन गरेर आफूलाई पार्टीको उपल्लो तहमा पु¥याएका छन्, कैयौं मन्त्री बनिसके । यही माटो र बाटोमा खेलेकाहरुले आज राजधानीमा गगनचुम्मी महल ठड्याईसके, यहीँ ठूला–ठूला भाषण गर्दै हिड्ने आज राजधानीमा छिरिसके र महल ठड्याइसके, आफूलाई राज्य संयन्त्रको उपल्लो तप्कामा पु¥याईसके । विकास निर्माणका कुरा गर्नेहरुले विकास गरी सके । अफसोच त्यो विकास विर्तामोड र झापाको नभएर उनीहरु आफ्नैको थियो । ममा एउटा प्रश्न तेर्सियो– के यहाँ समाजसेवी हँु भनेर ठूला–ठूला भाषण गर्ने र व्यवहारमा नउतार्ने मानिसको बसोवास स्थान मात्र हो विर्तामोड ?’  जसको उत्तर मैलै भेट्टाउनै सकिन । 
दैनिक हजारौंको आवातजावत हुने स्थानमा एउटा पनि सार्वजनिक शौचालय नहुनु यो कसको कमजोरीको हो । मेची अञ्चलकै व्यापारिक मुटु तथा पूवाञ्चलकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित विर्तामोड सहर बाहिरी रुपमा हाँसेको देखिएतापनि भित्री रुपमा निकै उदासिन छ । अधिकांश समय व्यस्त देखिने विर्तामोड सडकखण्डमा अव्यवस्थित रुपमा सवारी साधन पार्किङ गरेर सडकै अवरुद्ध गरिरहेका हुन्छ । व्यापार–व्यवसाय, बैकिङ कारोवार, शैक्षिक संस्थाको बढ्दो विकास, विभिन्न हस्पिटल, बैदेशिक रोजगार व्यवसायमा बृद्धि लगायतको बढ्दो विकास र प्रगतिका कारण यहाँको जनघनत्व दिनानुदिन बढ्दो छ । अर्कोतिर यस्तो भब्य सहर विर्तामोड अहिलेसम्म गाविस भएकाले पनि नगरपालिकामा जस्तो बढी कर नलाग्ने हुँदा पनि करमा छुट पाउने हँुदा संघ–संस्था तथा बैंकहरुको स्थापना पनि बढ्दो देखिन्छ । इलाम, पाँचथर, ताप्लेजुङ लगायतका पहाडी जिल्ला जोड्ने विर्तामोड नै भएका कारण पनि यहाँको जनघनत्वसँगै भीडभाड बढ्ने गरेको पाइन्छ ।  बिडम्बना ! यत्रो ठूलो सहरको रुपमा चिनिएको विर्तामोड विकासक्षेत्रमा निकै अगाडि रहे पनि अहिले समस्या नै समस्याको जन्जीरबाट बाँधिएको छ । चाहे ढल निकास होस् वा फोहोरमैला व्यवस्थापन हरेक क्षेत्रमा प्रदूषित बनेको छ । जनसंख्याको अत्याधिक चापसँगै सहरीकरणले गर्दा कृषिथोक बजार वरिपरि फोहोरको थुप्रोले गर्दा आवतजावत गर्ने मानिसहरु नाक थुनेर हिड्नुपर्ने अवस्था छ । व्यवस्थित पशु वधशालाको अभावले अर्को विकराल समस्या खडा भएको छ । कुरा कृषि थोक बजार वरिपरिको मात्र होइन विर्तामोडको प्रमुख चोक इलाम बस स्टेण्ड, अदुवा खोला, शनिश्चरे रोडको ट्याक्सी स्टेण्डहरुमा फोहोर मैलाको थुप्राहरु नै देख्न पाइन्छ । यी क्षेत्रहरुमा बढी मानिसहरुको चहलपहल हुने भएकाले जनस्वास्थ्यको समस्यालाई पनि विर्तामोडले नजरअन्दाज गर्न सक्दैन । फोहोरमैला व्यवस्थापन हुन नसक्दा विर्तामोड समस्यै समस्याले जेलिएको सहर भएको छ ।
विर्तामोडदेखि लगभग २ किलोमिटर पूर्व नयाँ बस पार्क बनाइए पनि प्रयोगमा आउन सकेको छैन जसले गर्दा जथाभावी सवारी साधनको पार्किङ, ध्वनी प्रदूषणले स्थानीयबासीलाई हैरानै पारेको छ । अर्कोतिर विर्तामोडको जग्गा प्लटिङले गर्दा साँघुरो बाटो र ढल निकाशका लागि जग्गा अभाव भएकाले वर्षायाममा विर्तामोड डुवान क्षेत्रमा परिणत हुँदै आएको छ । शुद्ध जलको चर्चा कमाएको अदुवा खोला अहिले डम्पिङ साईडको रुपमा परिणत हुँदै जाँदा पनि सम्वन्धित निकाएको ध्यानकर्षण हुन नसक्नु दुःखको कुरा हो । नगरपालिका उन्मुख रहेको  विर्तामोडलाई व्यवस्थित बसोबास र सडक ढल निकाशलाई व्यवस्थापन गर्न नगर विकास समिति गठन भएपनि यसले घरको नक्सा पास गराउन बाहेक अन्य केही काम गर्न सकेको छैन । अब स्थानीय निकाय, राजनतिक दल, संघ÷संगठनहरु सबैले सोच्ने बेला आएको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

1 comment

Trackback URL | Comments RSS Feed

  1. Anonymous says:

    aba kunaie upaya navaya pachhi k garnu ta thikaie vayo but yo baryma hamilay sochna parchha ra tahayaka parmukh ko hun uslaie yo kura jankari garnunu parchha...

     

Leave a Reply