• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

टेलिकम प्रयोगकर्ता १ करोड नजिक


भाद्र २२ - प्रत्येक महिना प्रविधिलाई जीवनको अभिन्न अंग बनाउनेहरूको चासोसँगै मोबाइल, फोन र इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोडको नजिक पुगेको छ । 
गतअसार मसान्तसम्म यस्ता प्रयोगकर्ताहरूको संख्या ८९ लाख ३० हजार पुगेको थियो । गत आर्थिक वर्षमा मात्र २६ लाख प्रयोगकर्ताहरू बढेका हुन् । यस आधारमा साउनदेखि असोजसम्मको तीन महिनाभित्र १० लाख प्रयोगकर्ता बढ्नु आश्चर्यको विषय नभएको सम्बद्ध विज्ञहरू बताउँछन् ।


सरकारी स्वामित्वको नेपाल टेलिकमले साउनभित्र आफ्नो ग्राहक संख्या ४० लाख नाघेको घोषणा गरिसकेको छ । यही अवधिमा दु्रत गतिमा सेवा विस्तार गरिरहेकेा निजी क्षेत्रको स्पाइस नेपालले ग्राहक ३० लाख नाघेको जनाएको थियो । यस्तै अर्को कम्पनी युटियलका ग्राहक ५ लाख पुगेका छन् । पछिल्लो वृद्धिदरका आधारमा छिट्टै यसका प्रयोगकर्ता १ करोड नाघ्ने देखिएको नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपाने बताउँछन् । 'प्रतिस्पर्धाले सस्तो मूल्यमा सजिलोसँग सेवा पाइन थालेपछि ग्राहक संख्या दु्रत गतिमा बढेको देखिन्छ,' उनले भने । अन्य वस्तु र सेवाको मूल्य बढिरहेका बेला दूरसञ्चार सेवा भने सस्तिएको छ ।
टेलिकम सेवामा जिएसएम मोबाइलको हिस्सा यसमा सबैभन्दा धेरै छ । ८९  लाख ३० हजारमध्ये यसका प्रयोगकर्ता ६९ लाख पुगेका छन् । यसको १६ प्रतिशतभन्दा धेरैले जिपिआरएस इन्टरनेट सेवा लिइरहेका छन् ।
'मासिक ३ लाख ग्राहक थपिएमा टेलिकम प्रयोगकर्ताको संख्या असोजभित्र १ करोड पुग्नेछ,' नेपाल टेलिकमका एक अधिकारी भन्छन्, 'गत असारमा मात्र साढे ४ लाख ग्राहक थपिएका थिए, त्यसैले चाडवाडको मौसममा अझ थपिनु ठूलो कुरा होइन ।' यस्तो पर्वमा प्राप्त हुने थप आम्दानीबाट मोबाइललगायत सामान किन्न सक्ने उनको अनुमान छ । नयाँ सेवासँगै विस्तार अझ हुने अनुमान छ । हालै मात्र केही कम्पनीले मोबाइल बैंकिङलगायत सेवा सुरु गर्ने घोषणा गरिसकेका छन् ।
'पाँच वर्षअघिसम्म मोबाइल लिनु भनेको महँगो थियो, सेवा पनि सीमित थिए,' सर्वसाधारण प्रयोगकर्ता सुशील गौतम भन्छन्, 'अहिले इमेल, इन्टरनेटलगायत सुविधासहित यो जीवनकै अभिन्न अंग भइसक्यो । गत असारमसान्तसम्म नेपाल टेलिकमले ल्यान्ड लाइन, सिडिएमए र थि्रजीसमेतका ग्राहक संख्या ५४ लाख ६० हजार पुगेको जनाएको थियो । स्पाइस नेपालका २९  लाख ४० हजार, युटिएलका ४ लाख ६० हजार, एसटिएम टेलिकमका ४ हजार ८ सय, नेपाल सेटेलाइट टेलिकमका ५४ हजार ७ सय ३९ ग्राहक थिए ।
'टेलिकम अब विलासी नभएर आवश्यकता भइसक्यो र मूल्य पनि धेरैको पहुँचभित्र आइसकेको छ,' स्पाइस नेपालकी कर्पोरेट कम्युनिकेसन अधिकृत सञ्जु कोइराला भन्छिन्, 'टेलिफोनको एउटा लाइन लिन वर्षौं कुर्नुपर्ने समय अब सकिएको छ ।'
'हामीले हिजो मात्र सेवा सुरु गरेजस्तो लाग्छ' युटिएलका महाप्रबन्धक मदन सिंह भन्छन्, 'तर सेवामाथिको सहज पहुँच र प्रतिस्पर्धाका कारण ठूलो संख्यामा यो विस्तार भएको छ ।' यही महिना थप १० जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको पनि उनले बताए ।
इन्टरनेट र जिपिआरएसजस्ता सेवाको उपलब्धता, सर्वसाधारणको बढदो क्रयशक्ति, मोबाइल सेटको घट्दो मूल्यले सर्वसाधारणसम्म मोबाइलको पहुँच बढाएको छ ।  अन्तर्राष्ट्रियस्तरमा टेलिकमका उपकरणको घट्दो मूल्य, प्रतिस्पर्धा, पि्रपेड सेवाको सुरुवात टेलिफोन विस्तारका मुख्य कारण हुन् ।
नेपाल टेलिकमले २०५८ देखि मोबाइल सेवा सुरु गरेको थियो । त्यतिबेला टेलिफोन भएका व्यक्तिहरू कुल जनसंख्याको १ दशमलव ४ प्रतिशत थिए । हाल गत वर्षको अन्त्यमै देशका सबै गाउँ विकास समितिमा टेलिफोन पुगेको छ ।
पछिल्लो ५ वर्षमा टेलिफोन सेवा उपयोग गर्नेहरूको संख्या उल्लेख्य बढेको छ । निजी क्षेत्रको प्रवेशले यसको विस्तार बढाएको छ ।
युनाइटेड टेलिकमले २०६० बाट सेवा सुरु गरेको हो । निजी क्षेत्रको पहिलो जिएसएम सेवा प्रदायक कम्पनी स्पाइसले २०६१ देखि सेवा दिन थालेको हो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply