बलात्कारी भगाउने ६ प्रहरीलाई कारबाही
मेचीनगर अनलाइन
|
Friday, September 10, 2010
|
0 comments
पाँचथर, भदौ २५- नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाँचथर सिदिन-१ का २५ वर्षीय सुन्दर राई फरार भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले डिउटी इन्चार्ज हवलदार ईन्द्रनारायण शाहसहित छ जना प्रहरी जवानलाई विभागीय कारबाही गरेको छ। अभियुक्त राईलाई मेसमा खाना खुवाउन निकालेको बेला प्रहरी कार्यालयबाटै
गत बिहीबार फरार भएका थिए। कारवाही गरिएका प्रहरीलाई हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। रासस
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed