• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

टोल–टोलमै जुवा

दशैं तिहार नजिकिँदै जाँदा धरानमा जुवाजन्य खेलहमरु टोल–टोलमा डाइस, तास,, जुवाजस्ता खेलहरु खुलेआम भइरहेका छन् । त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी–प्रशासन भने बेखवर बनेको छ । चाडपर्वको समयमा चोरी, लुटपाट, भैंmझगडाजस्ता आपराधिक गतिविधिहरु बढ्ने अनुमान गर्दै विगतका वर्षहरुमा प्रहरीले सुरक्षा सर्तकता नदेखाएको सर्वसाधारणको गुनासो छ । अहिले धरानमा बिहानदेखि राति ११ बजेसम्म चौक–चौकमा डाइस खेल्नेहर देख्न सकिन्छ । चोरीका घटना पनि बढ्न थालेको सर्वसाधारणले गुनासे गरेका छन् । 
चाडपर्वको समयमा दुले चोरहल्े बिबिगी हुने गरेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणले प्रहरीसँग माग गरेका छन् । 

धरान–१६का कैलाश राईले भने, ‘विगतका वर्षहरुमा प्रहरीहरु घुमिरहेको देखिन्थ्यो, यो वर्ष देखिएको छैन ।’ धरानको सुरक्षालाई महत्व दिएर इलाका प्रहरी कार्यालयमा डीएसपी खटाइउ पनि सुरक्ष व्यवस्था भने अझ कमजोर भएको राईको अनुभव छ । अहिले धरानका चतरा लाइन, अन्नपूर्ण लाईन, गणेशमान चौक, समिचौक, चिनियँँ चौक, पिण्डेश्वर चौक, विजयपुर, बौद्धचोक लगायतका स्थानमा जुवाजन्य खेलहरु हुने गरेको पाइएको छ । 
इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर केशव भट्टराईले जुवाजन्य खेल खेल्ने÷खेलाउनेलाई पक्रउ नगरिएको बताए । ‘तर, हामीले सबैलाई सचेत गराएका छौं’, त्यस्तो भेटिए पक्रउ गरी कारवाही गछौं ।’ उनले भने ।
विगतका वाषर््हरुमा चाडपर्वको समयमा आर्थिक कारोवार हुने स्थानहरुमा सुरक्षा व्यवस्था कडा पािरने गरिएको भए पनि यो वर्ष प्रहरीले नियमित मो्बाइल तथा पिकेट गस्तीबाहेक थप योजना नल्याएको इन्स्पेक्टर भट्टराईले बताए । ‘अब चाहिँ योजना बताएर अगाडि बढ्नेछौं । उनले भने, ‘तर, विगतका योजना नै लागू गर्नुपर्छ भन्ने छ्रैन ।’ प्रयाप्त जनशक्ति नभएको कारण शान्ति सुरक्षा कायम गर्न समस्या भइरहेको उनले जिकिर गरे । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply