• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

एकलाख बढी विद्यार्थी मारमा

इटहरी, भदौ ३०- सुनसरीका नीजि विद्यालयमा कार्यरत शिक्षक सञ्चालकबीच सहमती नहुदाँ एक सातादेखि ठनपाठन ठप्प छ। विद्यालयमा पठनपाठन ठप्प हुदाँ जिल्लाका सय वढी विद्यालयमा अध्ययनरत्त लाख भन्दा वढी विद्यार्थी मारमा परेका छन्। 
विद्यालय वन्दले नजिकिएको दोस्रो त्रैमासिक परीक्षा समेत प्रभावीत हुने निश्चित छ। नीजि विद्यालयको शैक्षिक क्यालेण्डरमा अबको एक सातापछि परीक्षा हुने उल्लेख गरिएको छ। 'निरन्तरको वन्दले पढाई लथालिङ् भएपछि अब परीक्षा सार्नु बाहेक अन्य कुनै विकल्प छैन्,' प्याब्सन सुनसरी जिल्ला अध्यक्ष दिलकुमार वनले भने, 'यो वन्दले टेस्ट परीक्षालाई पनि असर गर्नेछ।'
नीजि विद्यालयमा कार्यरत शिक्षक युनियन (इस्टु) ले अनिश्चितकालीन वन्द आह्रवान गरेपछि सञ्चाकलले असुरक्षाका कारण देखाएर विद्यालयका चाबी जिल्ला शिक्षा कार्यालयलाई जिम्मा लगाएर सहमती हुन नसक्दा पठनपाठन ठप्प भएको हो। शिक्षक युनियनले शुरुमा दुई दिने विहीबारदेखि अनिनिश्चितकालीन वन्द आह्रवान गरेपछि सञ्चालकले आइतबार शिक्षा कार्यालयलाई चाबी बुझाएका थिए। 
युनियनसँग प्याब्सन एन प्याब्सनले औपचारिक तथा अनौपचारिक गरी १६ पटक वार्ता गर्दा पनि निष्कर्षमा पुग्न नसकेको असुरक्षा बढेर गएपछि बाध्य भएर विद्यालयको चावी शिक्षा कार्यालयलाई जिम्मा दिइएको एन प्याब्सनका केन्द्रिय सदस्य वेणुप्रसाद सिटौलाले बताए। 
युनियनले नियुक्ती पत्र, दशै खर्च तलव-भत्ता वृद्धि लगायतका सुत्रीय माग राखेर एक महिनादेखि चरणवद्ध आन्दोलन थालेकोमा पछिल्लो समयमा अनिश्चितकालीन विद्यालय गरेको हो। 
युनियनले राखेका मागमा सञ्चालकले नियुक्ती पत्र दशैको खर्च दिने सहमती भएपनि तलब-भत्ता शिक्षा ऐन अनुसार हुनुपर्ने अडान टुङ्गोमा पुग्न नसकेको जनाइएको छ। 
युनियनका अध्यक्ष मनोज खनालले शिक्षा ऐनमा व्यवस्था भए अनुसार तलब-भत्ता दिनु पर्ने माग भएपनि वार्ताबाट सहमती भएमा केही लचिलो हुन सकिने बताए उनले भने, 'सहमतीबाट विद्यालय खोलेर पठनपाठन सुचारु गर्नुपर्छ भन्नेमा हामी पनि छौ। तर सहमतीका नाममा आत्मासम्पर्ण भने गरिदैन्।' उनले शिक्षक-कर्मचारीलाई उपयुक्त तलब-भत्ता दिन नसक्ने विद्यालय वन्द गरिनुपर्ने बताए। शिक्षा ऐनले विद्यार्थीबाट उठेको शुल्कको ६० प्रतिशत शिक्षक-कर्मचारीका लागि खर्च गर्नुपर्ने उल्लेख गरेको छ।
शिक्षक सञ्चालकवीच सहमती नहुदाँ वन्द विद्यालय खोल्न ४८ घण्टे अल्टिमेटम दिएको माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधवार दुई पक्षीय वार्ताको लागि पहल थालेको जनाएको छ। केन्द्रिय सदस्य मदन चुडालले दुई पक्षीय वार्ता गराउन पहल थालेको वार्ताबाट निष्कर्ष ननिस्किए त्यसपछि विद्यालय खोल्ने कार्यमा अगाडि वढने बताए। प्याब्सन, नेशनल प्याब्सन नेपाल प्याब्सन भने क्रान्तिकारी विद्यार्थीले पहल थालेको वार्तामा उपस्थित नहुने जनाएको छ। 
विद्यालय खोल्न अल्टिमेटम दिएर क्रान्तिकारीले सोमबार इटहरीको नर्थ पोवाइन्ट धरानको सुनसरी टेक्निकल स्कुलमा तोडफोड गरेको थियो। 
सुनसरीका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले पहिला शिक्षक युनियन अनिश्चितकालीन विद्यालय वन्द गरेपछि सञ्चालकले पनि शिक्षा कार्यालयमा चाबी बुझाएर पठनपाठन ठप्प भएको विषयमा गम्भीर रहेको बताए। उनले भने, 'विद्यालय वन्द गर्ने चाबी बुझाउने दुवै पक्ष सार्थक निष्कर्षमा पुग्न गम्भीर नभएकाले भने अप्ठयारो छ।' दुवै पक्षलाई सञ्चारमाध्याम मार्फत वार्तामा आई समस्या समाधान गरेर विद्यालय खोलाउन शिक्षा कार्यालयले आग्रह गरेको छ।
यसैबीच, आफनै विद्यालयमा कार्यरत शिक्षकले थालेको आन्दोलन अर्कातिर क्रान्तिकारी विद्यार्थीले विद्यालयमा तोडफोड थालेकोमा प्याब्सन, नेशनल प्याब्सन नेपाल प्याब्सनको सयुक्त आयोजनामा इटहरीमा शान्ति र्याली निकालेको छ। 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply