• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सवै नेपालीलाई विद्युतीय 'राष्ट्रिय परिचयपत्र'

केदार ओझा,काठमाडौं, भाद्र ३० - गृह मन्त्रालयले सबै नेपाली नागरिकलाई विशेष अंक उल्लेखित बहुउद्देश्यीय 'राष्ट्रिय परिचयपत्र' जारी गर्ने भएको छ । मतदाता परिचयपत्रसमेत मानिने यो परिचयपत्रले हरेक नेपालीले वयस्क भएपछि पाउने नागरिकता प्रमाणपत्रलाई विस्थापित गर्ने सरकारी अधिकारीले बताएका छन् ।
विकसित देशले नागरिकको सुरक्षा र सेवाका लागि 'सामाजिक सुरक्षा कार्ड' वितरण गरेझैं सरकारले नेपाली नागरिकलाई यो विद्युतीय कार्ड उपलब्ध गराउन लागेको हो ।
भारत सरकारले उसका नागरिकको परिचय, सेवा र सुविधाका लागि नागरिकताका साथसाथै 'रासन कार्ड' जारी गर्दै आएको थियो । तर सन् २०१० को सुरुदेखि सबै भारतीय नागरिकलाई रासन कार्डको सट्टा तस्बिर र अन्य विवरणसहितको 'राष्ट्रिय परिचयपत्र' दिने योजना थालेको छ । उसले यो परिचयपत्र वितरण गर्ने अभियान २०११ मा सम्पन्न गर्ने बताएको छ ।
मन्त्रालयले परिचयपत्र जारी गर्नका लागि आवश्यक पर्ने ऐनको मस्यौदा र नियमावली अन्तिम चरणमा पुर्‍याएको छ । यसमा एसियाली विकास बैंकको अनुदान सहयोग छ ।
मन्त्रालयले दाताकै सर्तअनुसार परिचयपत्र जा गर्ने कार्यमा आधुनिक प्रविधिबारे सहयोग गर्न अनुभवी परामर्शदाताका लागि टेन्डर आह्वान गरिसकेको छ । मन्त्रालयका अनुसार प्राविधिक सहयोगका लागि कोरिया, सिंगापुर लगायतका विकसित देशका प्राविधिकले चासो देखाएका छन् । छनोट हुने प्राविधिकले दस महिनाको पारिश्रमिक पाउने गरी २० महिना काम गर्नुपर्ने छ ।
मन्त्रालयले उक्त कार्यकै लागि छुट्टै विभागीयस्तरको 'राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र' स्थापना गरी त्यसको कार्यका निर्देशक पदमा सहसचिव नरेन्द्र दाहाललाई नियुक्त गरेको छ । निर्देशक दाहालका अनुसार कार्डमा व्यक्तिको फोटो, पूरा नाम-थर -नेपाली र अंग्रेजीमा), जन्ममिति/स्थान, स्थायी ठेगाना, दुवै हातको औंठाछाप र विशेष नम्बर हुनेछ । यो नम्बर नदोहोरिने र मरेपछि पनि अरूको नाममा नजाने गरी राखिन्छ । कार्डमा रहने 'चिप्स' र बार कोडमा भने अन्य दर्जनौं विवरण राखिनेछन्, जुन अत्यन्तै गोप्य हुनेछन् । गोप्य विवरणहरू सम्बन्धित जिम्मेवार निकायका अधिकृतबाहेक अरूले हेर्न नपाउने ग राखिने छन् । परिचयपत्रका विवरण तोकिएका अधिकारीले 'कार्ड रिडर' को माध्यमबाट मात्रै हेर्न सक्नेछन् । विकसित देशले पछिल्लो समय जा गरेको परिचयपत्रमा अरू कसैसँग नमिल्ने आँखाको 'रेटिना' को समेत रेकर्ड राख्न थालेका छन् ।
तीन तहको सुरक्षा प्रविधि अपनाइने यो परिचयपत्रको न्यूनतम मूल्य पाँच डलरसम्म पर्ने गृहका अधिकारी बताउँछन् । 'गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग लगायतका आठवटा सरकारी निकायलाई सहयोग गर्ने गरी यो परिचयपत्र जा गर्न लागिएको हो,' दाहालले भने । 
सरकारले ०६६/६७ को बजेटमा राष्ट्रिय परिचयपत्रको रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेटि्रक स्मार्ट कार्ड र केन्द्रीय अभिलेखन र सामाजिक सुरक्षाका लागि छुट्टै केन्द्रीय निकाय स्थापना गर्ने नीति पास गरेको थियो । निर्वाचन आयोगले ०६७/६८ मा संकलन गर्ने लक्ष्य राखेको १ करोड ८० लाख नेपाली नागरिकको विवरणलाई केन्द्रले पहिलो चरणमा उपयोग गर्नेछ । 

समाचार श्रोत : कान्तिपुर अनलाइन 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply