• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

तीन महिनामा १० हजार माईक्रो ल्यापटप विक्रि

 असोज ९ - नेपाली बजारमा भित्रिएको तीन महिनामा सबैभन्दा सस्तो माइक्रो ल्यापटप बेल्यो १० हजार भन्दा बढी बिक्री भएको छ। राजधानीमा गत असार दोस्रो साता भएको सुचना प्रविधि मेलामा पहिलो पटक बजारमा ल्याइएको माइक्रो ल्यापटप बुकिङ गरेर १० हजार भन्दा बढीले किनेको बिक्रेता सागर इन्फोसिसले दाबी गरेको छ।
राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरि कम्पनीले मेलामा बुकिङ गरिएका १० हजार भन्दा बढी माइक्रो ल्यापटप बिक्री गरिसकेको जनाएको छ। 'हामीले बुकिङ गरेका सबै ल्यापटप बिक्री गरिसकेका छौ,' इन्फोसिसका प्रबन्ध निर्देशक बासुदेव लाखेले भने, 'अब ग्राहकले यो माइक्रो ल्यापटप खरिद गर्न बुकिङ गरिरहनु पर्दैन।'

७ हजार ३ सय ४५ मा पाइने सो ल्यापटप मेलामा ११ हजारले बुकिङ गरेका थिए। मेला अवधिमा बिक्री गरिएका केही माइक्रो ल्यापटपमा प्राविधिक समस्या आएपछि कम्पनीले त्यसको निराकरण गरि बिक्री गरेको थियो। त्यसबेला ल्याएका ल्यापटपको ब्याट्रीमा समस्या देखिएपछि ब्याट्री परिवर्तन गरि बिक्री गरिएको थियो।
ब्याट्री परिवर्तन गरि युरोपियन मापदण्डको रेस्टिक्सन अफ ह्याजडस सब्टेन्स डाइरेक्टिम्भ(आरओएचएस) प्रमाणित गराए पछि बेल्योको बिक्री सुरु गरेको कम्पनीको दाबी छ। एक वर्षे वारेन्टीका सहित बजारमा ल्याइएको ल्यापटपको हार्ड डिस्क २ जिवी र १ सय २८ एमबीको र्‍याम छ। अब ग्राहकले इन्फोसिसका बिक्री केन्द्रबाट सजिलै पाउने कम्पनीले जनाएको छ।
कम्पनीले बेल्योको मर्मत सम्भार र प्रशिक्षणका लागि सर्भिस सेन्टर एवं प्रशिक्षण युनिटको समेत व्यवस्था गरेको लाखेले जानकारी दिए। उनले यसका स्पेयर पार्टस्हरू पनि यो केन्द्रबाट उपलब्ध हुने बताए। कम्पनीले यो ल्यापटपमा हाई ग्राफिक्स र आधिकारिक स्पेसिफिकेसनमा माइक्रोसफ्ट वर्ड, एक्सेल पावरप्वइन्ट नचल्ने स्पष्ट पारेको छ। 'ग्राहकले माइक्रोसफ्टकै स्पेसिफिकेसन खोज्नु भएको देखियो,' लाखेले भने, 'यसमा वर्डका लागि टेक्समेकर, एक्सेलको लागि प्लानर र पावरप्वाइन्टका लागि प्रेजेन्टेसन नाममा प्रोग्रामहरू चलाउन सकिन्छ।'
Source :- Nagariknews

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply