• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पूर्वाञ्चलमा फस्टाउँदै यौन व्यवसाय

सरकारले यौन व्यवसायलाई कानुनी मान्यता नदिए पनि पूर्वका विभिन्न सहरहरुमा यौन व्यापार फस्टाउँदै गएको छ । विशेष गरी पूर्वको धरान, विराटनगर, बिर्तामोड र काँकरभिट्टामा यो व्यापार फस्टाउँदै गएको हो ।
नाम चलेका होटल तथा रेस्टुरेन्टहरुमा मात्र होइन, साना तिना होटल तथा लजहरुमा समेत तलब दिएर यौनकर्मीहरु राखिने गरेको पाइन्छ । यौन व्यवसायमा लागेका युवती रहरले नभई बाध्यताका कारण यो पेसा अँगालेको बताउँदै आएका छन् । पढ्ने उमेरमा यसरी काम गर्नु परेकोमा दुःख व्यक्त गर्छिन् सुरुङ्गा घर भएकी २० वर्षीया सलिना राई (नाम परिवर्तन) । 
‘बिहे चाँडै भयो र श्रीमान्ले पनि छाडे, अहिले भाइलाई अभिभावकको रुपमा राख्नु परेको छ’, रुँदै उनले भनिन्, ‘बाबुआमा छैनन्, मजदूरको रुपमा काम गर्दा एक छाक खान पनि धौ–धौ पर्छ, त्यसैले यो पेसा अँगाल्नु पर्यो ।’ उनले बिर्तामोडमा यस्ता व्यवसाय हुने होटलहरु धेरै रहेको स्वीकारिन् । तर, नाम भने उल्लेख गर्न मानिनन् ।
शुक्रबार बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको
नेतृत्वमा गएको टोलीले बिर्तामोडको दर्जनभन्दा बढी होटलमा छापा मारी १० जना युवतीलाई पक्राउ गर्यो । यहाँको गिताञ्जली होटलकी सञ्चालिका सरिता भट्टराईसहित यौन व्यवसायी गरामनीकी भट्टराई थरकी युवती, अनारमनी–१ की राजवंशी, लिम्बू, फिक्कलकी रिजाल, इलामका धर्मेन्द्र तामाङ, पथरीका जयकुमार लिम्बू, राई थरकी युवती, पाँचथरकी नेम्वाङ र अनारमनी–३ का श्रेष्ठ थरका युवकलाई समेत रङ्गेहात पक्राउ गरी अभिभावकलाई बुझाइएको इप्रका बिर्तामोडले जनाएको छ । बिर्तामोड आसपासमा सञ्चालित सञ्जोग होटल, चौधरी कटेज, गिताञ्जली होटल लगायतका स्थानबाट यौनकर्मीलाई आपतकालीन अवस्थामै अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोडका प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाका अनुसार यस्ता कार्य अन्य होटलहरुमा पनि हुने जानकारी पाएकाले छानबिन कार्यमा निरन्तरता दिइने भएको छ ।
एक महिनाअघि बिर्तामोडको दीक्षा होटलबाट राईलाई यौनकर्मीको रुपमा प्रहरीले पक्राउ गरेको थियो । एक वर्षअघिदेखि नै उनी सो होटलमा यौनकर्मीको रुपमा काम गर्दै आएको स्वीकार गरिन् । ‘सुरुमा त्यहाँ मलाई एकजना सहकर्मीले पुर्याइन्, पैसा धेरै पाइन्छ भनेर’, उनले भनिन्, ‘मलाई धेरै पैसाको आवश्यकता परेकोले म त्यहाँ पुगेँ ।’ राईजस्ता धेरै युवतीहरु अहिले आफ्नो शरीर पैसासँग बेच्दैछन् । ‘बाध्यता’ उनीहरुको जवाफ यत्ति नै छ ।
त्यसैगरी, इलामकी रुबिना (नाम परिवर्तन) एक यौनकर्मी थिइन् । तर, अहिले आफ्नो गाउँमा समाजसेवामा लागेकी छन् । ‘काँकरभिट्टाको एक होटलमा त्यस्तो काम गर्थेँ’, उनले भनिन्, ‘अहिले आफूलाई समाज सेवामा उत्प्रेरित गरेकी छु ।’
रुबिनाले मेचीनगर अनलाईनका प्रतिनीधि प्रकाश पौडेलसँगको कुराकानीमा भनिन्, ‘यस्ता कार्य सहरी क्षेत्रमा मात्र होइन पूर्वी पहाडी क्षेत्र इलाम, पशुपतिनगर लगायतका बजारमा पनि हुने गरेको छ ।’ विशेष गरी त्यहाँ पुग्ने पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले यौन व्यवसाय सञ्चालन गरिएको उनले बताइन् ।
बिर्तामोडमा एक होटल सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘होटल चलाउनु छ भने यौनकर्मीहरुलाई राख्नैपर्ने हुन्छ ।’ उनका अनुसार धेरै यौनकर्मीहरु झापाभन्दा पनि सुनसरीबाट आउने गरेका छन् । उनले भने, ‘यहाँ पटक–पटक प्रशासनले छापा मारेको भए पनि यहाँका होटललाई केही असर परेको छैन ।’

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

3 comments

Trackback URL | Comments RSS Feed

  1. Anonymous says:

    pawan jee tapainko link ekdamai ramro cha,,,tapain ko news collection ekdamai pragati vairaheko cha ra hami sabailai naya naulo kura haruko zankari garai rahanu huncha vanne hami aasa badha chau.tapainlai dherei dherei subhakamana cha mero tarfa bata,,,,,,,,,,,,,aaagami din harule tapainlai saath diyos,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

     
  2. Anonymous says:

    sir jehos tapainle ekdamai sahi news dinu vayeko cha.yasari nei aaudo din haruma pani naya naya ra taja ghatna haru samete yes link ka premi haru lai azza aakarsad garnu huna mero tarfa bata subhakamana cha tapain lai...ra tapainko new collection ma kunai kami dekhiyeko chaina ahile samma yeslai sadhai angalnu huncha vanne aasa cha hamilai,,,,,,,,,,,,,,,,,,,
    Gopal Mainali
    Doha (qatar)

     
  3. Anonymous says:

    YESTAI HO.. PAISA KAMAUNA LAI DUNIYA NAI PAGAL VAYEKO CHHA AHILEKO JAMANAMA......... KT LAI SEX GARDA PAISA n ENJOY SABAI MILCHHA.... KT HARU LUCKY HUN

     

Leave a Reply