५ महिनामै कालोपत्रे उप्कियो
मेचीनगर अनलाइन
|
Friday, September 3, 2010
|
0 comments
रोशन साँवा ईलाम भाद्र १९/ इलामको फिक्कल–अन्तु सडकमा गत चैत बैशाखमा गरेको कालोपत्रे उप्किन थालेको छ । स्थानियवासिन्दाहरुले गुणस्तरहीन सामानको प्रयोग गर्नाले सो सडक उप्किएको जनाएका छन् । चर्चित पर्यटकीयस्थल अन्तु जाने सडक सरकारले क्रमागत योजनाअन्तर्गत राखेर आर्थिक वर्ष ०६५–६६ देखि कालोपत्र गर्न थालेको हो । आर्थिक वर्ष ०६६–०६७ विनियोजन भएको दुई करोड ५० लाख रुपैँया खर्चेर चैत–बैशाखमा अढाई किलोमिटर कालेपत्र र तीन किलोमिटर ग्राभेल गरिएको थियो ।
कालेपत्रे तीन महिना तीन महिना नपुग्दै उप्किन थालेको स्थानीयले बताएका छन् । निर्माण गुणस्तरहीन भएकाबारे जिल्ला प्रशासन, सडक डिभिजन कार्यालयलाई बारम्बार जानकारी गराउँदा पनि सुधार नभएको स्थानीयवासिन्दा डम्वरकुमार
देउजाले बताए । कमसल काम भएको भन्दै स्थानीय बासिन्दाले काम रोकिदिएका कारण आर्थिक वर्ष ०६५–०६६मा त्यस सडक कालोपत्रे हुन छुट्टिएको दुइ करोड रुपैयामध्धे एक करोड ५० लाख रुपैया फ्रिज भएको थियो । ‘अब त राम्रो काम हुन्छ भन्ने आशा गरेको थियौं, फेरी उस्तै भयो’ देउजाले भने ।| इलामको अन्तु सडकखण्डमा बाटो जाम भएपछि जिप उल्टो उठेल्दै यात्रिहरु |
यो त एउटा प्रतिनीधि उदाहरण मात्र हो, हाम्रो देशका विभिन्न कुना काप्चामा भएका सडक कालोपत्र हुदैँछन् । देशमा सडक यातायातमा विकास भएको छ भन्दा गर्व लाग्छ तर अरवौं, खरबौंको लगानी बालुवामा पानी हालेसरही खेर गैरहेको छ । एक त स्थानिय स्तरमा भएका ठेकेदाहरुसँग प्राविधिकहरुको हुदैनन् अर्को कुरा बजेट फ्रिज हुने उद्देश्यले असारको अन्तिमा सातामा जसरी हुन्छ काम पुरा गरेर प्रतिवेदन बुझाउनुपर्ने भएकाले काम टार्ने मेलो मात्र भएको छ । निष्पक्ष अनुगमन हुन सकेको छैन, यही घटनामा पनि स्थानियवासी सचेत भएर जिल्लामा यसको विरुद्ध जानकारी गराउँदा पनि काममा केही सुधार नहुनाले यस्तो काममा ठेकेदारदेखि जिल्लासम्मकै मानिसहरु मुछिएका छन्, केही पैसाको लोभमा परेर यसरी गरिएको लगानी बालुवामा पानीसरह बनाउदैछन् । यसबारे जागरुक हुने बेला आएको छ । मेचीनगर अनलाईन यस्ता खुसघोरी, भ्रष्टचारी विरुद्ध निष्पक्ष रुपमा खुलेर विरोद्ध गर्दछ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed