• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बानी फेर्दै बहिरा स्कुलका बालबालिका


विराटनगर, भाद्र १८ - 'छोरी बोल्दै बोलिन पछि बोल्छे होलाजस्तो लाग्यो स्वास्थ्यकर्मीले जिब्रोको मासु जोडिएको भनेथे उपचार पनि चलाइयो स्कुल पठाउन थालेपछि मात्र थाहा भयो उनमा सुन्ने बोल्ने क्षमता रहेनछ मोरङ सलकपुर- की जशोदा दाहाल भन्छिन्, 'थाहा पाइयो, दुई/चार दिन चिन्ता भयो अनि यसलाई कसरी अरूसरह बनाउने भन्ने खोजी गर्न थालियो '

गर्मी बिदा सकिएपछि खटिरा आएकाले छोरीलाई बिसञ्चो 'बिसेक भएर केही दिनपछि स्कुल आउँछे है,' विराट बहिरा माविमा आएकी दाहालले भनिन्, 'पढ्न थालेपछि उसको बानी धेरै फेरियो अहिले आफूसरह अरू सामान्य केटीभन्दा कम छैन जसोदाकी छोरी जानुका कक्षामा पढछन् स्कुलको बानी नलागुन्जेल जानुका जिद्दी थिइन् उनलाई भनेको हुनैपथ्र्यो 'सकिँदैन, हँुदैन भनेर बुझाउन नसकिने,' जसोदा भन्छिन्, 'अहिले ज्ञानी फेरिएकी धेरै कुरा बुझ्छे पढ्छे, सघाउँछे पनि
पढाइले आफ्नो सन्तानको बानीमा गरेको सुधार उनले मात्र अनुभव गरेकी होइनन् धनुषा ननुपट्टी- का महेन्द्र चौधरीको घरमा पनि परिवारका सदस्यलाई त्यस्तै लागेको महेन्द्रका पुत्र ललन १० कक्षामा पढ्छन् राजविराजमा प्राथमिक शिक्षापछिको पढाइ गर्न विराटनगर आएका उनी अहिले सांकेतिक भाषामा पारंगत छन्
'स्कुल आएकै कारण आत्मविश्वास बढेको ,' भन्छन्, ' गाउँमै थिएँ भने पढ्नु किन पर्ने रहेछ भन्ने थाहा हुन्थेन ' पढाइले आफू कान सुन्न बोल्न नसक्ने भएकै कारण केही गर्न सकिन्न भन्ने हीनता हटाएको अनुभव उनलाई यस्तै अनुभव मोरङ बेलबारी- घर भई कक्षामा पढ्ने अफसाना खातुनलाई पनि  उनको परिवारमा कक्षामा पढ्ने बैनी अब स्कुल आउन थालेको सानो भाइ आशिकसहित तीनैजना उस्तै सुन्न बोल्न नसक्ने छन् 'स्कुल आएपछिको संसारै उज्यालो अनुभव हुने रहेछ,' अफसानाले संकेतमै भनिन्, 'हामी घरमै बसेका भए ज्ञानको आँखा कसरी खुल्थ्यो ' अफसानाजस्तै खोटाङको माक्पा- का दाजु-बैनी मनिता शेरबहादुर पनि पढ्न पाउँदा आफूहरूलाई फेरिएको अनुभव गर्छन्
यहाँ सुन्न बोल्न नसक्ने बालबालिकालाई माध्यमिक तहसम्म पढाइन्छ अहिले १० कक्षासम्म सय ४२ बालबालिका अध्ययनरत छन् 'पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो जसबाट सुधारिन्छ,' प्रधानाध्यापक तुलसीराम श्रेष्ठ भन्छन्, 'पढ्ने-खेल्ने वातावरण मिल्दा आफू कुनै पनि हिसाबले कमजोर छैन भन्ने अनुभव हुन्छ '
यो विद्यालय अहिले पूर्व क्षेत्रकै बहिरा बालबालिकाको शिक्षा आर्जनको मुख्य थलो बनेको कमजोर आर्थिक अवस्थाका केटाकेटीबारे श्रेष्ठ भन्छन्, 'तर, सिकाइ क्षमता अचम्मको पढ्न थालेपछि उनीहरूको छिट्टै रिसाउने, हठ गर्ने बानी घटेको बालबालिकालाई विज्ञान गणित पढाउँदै आएका शालिग्राम चौधरीको अनुभवमा विद्यालयस्तरको पाठ्यक्रम सुन्न बोल्न नसक्नेहरूका लागि सहयोगी बन्न सकेको छैन 'कतिपय शब्दका संकेत छैनन्,' उनी भन्छन्, 'विज्ञानका कति कुरा उनीहरूलाई कसरी बुझाउने होला भन्ने अलमल हुन्छ '
This News is taken from the Kantipur daily




Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply