दिउँसै जेलबाट करणीका अभियुक्त भाग्न सफल
मेचीनगर अनलाइन
|
Friday, September 3, 2010
|
0 comments
खगेन्द्र अधिकारी, ताप्लेजुङ, भदौ १८- पाँचथर कारागारबाट एक युवा आज मध्याह्न प्रहरी नियन्त्रण तोडेर भागेका छन्। सिदिन-१ पाँचथर घर भई करणीको अभियोगमा जेल जीवन बिताइरहेका २५ वर्षीय सुन्दर राई प्रहरीको नियन्त्रण तोडेर भागेका हुन्। उनलाई खाना खुवाउन जवानतर्फको खाना खाने स्थलतर्फ लैजाँदै गर्दा प्रहरीको आँखा छलेर भागेका थिए।उनी काँडे तारभित्रको बार नाघी भागेको पाँचथर प्रहरीले जनाएको छ। पाँचथरका प्रहरी नायव उपरीक्षक यज्ञविनोद पोखरेलले भागेका राईको खोजी कार्य जारी रहेको बताए।
साथै उनलाई पक्रन कसैले साथ दिए व्यक्तिगतरुपमा नगद ५ हजार रुपैयाँ इनाम दिने घोषणा पनि गरे। उनले यस कार्यमा सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन्।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed