बोनस मागविरुद्ध टेलिकमका शेयरधनी अख्तियारमा
मेचीनगर अनलाइन
|
Friday, September 3, 2010
|
0 comments
खिलानाथ ढकाल, विराटनगर, भदौ १८- कर्मचारीलाई ४६ करोड बढी रकम बोनस बाँड्न नेपाल टेलिकम व्यवस्थापन पक्षले सरकारलाई दबाब दिइरहेको भन्दै टेलिकम शेयर सरोकार समूहले त्यसविरुद्व अख्तियारमा उजुरी गरेको छ।टेलिकम व्यवस्थापनले अर्थमन्त्री, अर्थसचिव र राजश्व सचिवलाई 'इन्सेन्टीभ'का नाममा बोनस बाँड्न लिखित उजुरी दिएको भन्दै शेयर समूह अख्तियार गएको हो।शेयर समूहका उपाध्यक्ष प्रेमप्रसाद सञ्जेलले समूहका तर्फबाट बोनसको मागविरुद्व शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायधिवक्ता डिल्लीरमण आचार्यलाई लिखित उजुरी पठाएका हुन्। उजुरीमा कानुन विपरीत बोनस बाँड्न लागिएको ठहर गर्दै त्यस्तो निर्णय नगर्न सरकारलाई दबाब दिन भनिएको छ।
टेलिकम व्यवस्थापनले 'कानुन विपरीत' बोनस दिन माग गरिरहेको थाहा पाएपछि आक्रोशित सेयर धनीहरुले साउन २८ गते नै अर्थमन्त्रालय गएका थिए। 'इन्सेन्टीका नाममा यति धेरै रकम वितरण गर्ने अधिकार कुन ऐनमा छ', सञ्जेलले विराटनगरमा पत्रकार सम्मेलन गरी भने, 'टेलिकम नाफामा गए केही प्रतिशत बोनस दिन सकिन्छ तर यत्रो रकम दिनु कानुन विपरीत हो।'
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed