• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सीमा क्षेत्रका बोर्डिङ स्कुलमा भारतीय गाडी प्रयोग

पर्वत पोर्तेल काँकडभिट्टा भाद्र १८/ झापाका निजी बोर्डिङ विद्यार्थी बोक्नका लागि भारतीय गाडी प्रयोग गर्ने गरेका छन् । यस्ता गाडी प्रयोग गर्नेमा सीमाक्षेत्रका विद्यालयहरु बढी छन् । काँकडभिट्टा र धुलाबारी क्षेत्रका विद्यालयले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेर विद्यार्थी बोक्ने गरेका हुन् । 
सरकारबाट मान्यप्राप्त धुलाबारीको कन्भेन्ट इंलिस स्कुल र काँकडभिट्टाको नर्थ पोइन्ट उच्चमाविले भारतीय गाडी प्रयोग गरेका हुन् । कन्भेन्टले डब्ल्युबी ७४ सी ९४०१ तथा नर्थपोइन्टले एसके ०२–६५२६ नम्बरको मारुती भ्यान प्रयोग गर्दैै आएको छ । कन्भेन्टको गाडी विद्यालयका प्रिन्सिपल विक्रम क्षेत्रीका भाइ राजेनको नाममा छ । नर्थपोइन्टको गाडी भारतमा रहेको आफन्तको नाममा रहेको बताइएको छ ।गाडीले ग्रामीण क्षेत्रका विद्यार्थीलाई ल्याउने–पु¥याउने गर्छन् । कन्भेन्टको
गाडीले धुलाबारी, लीलावस्ती, निन्दा र जोरसिमल तथा आसपासका विद्यार्थी बोक्दै आएको छ भने नर्थप्वाइन्टले कलेजका विद्यार्थीलाई बाहुनडाँगी पु¥याउने र ल्याउने गर्छ । जिल्ला शिक्षा अधिकारी दीपक काप्mलेले यसबारे जानकारी नभएको प्रशासनसँग समन्वय गरेर बुभ्mने बताए ।
मेची भन्सार कार्यालयका अधिकृत शिशिर घिमिरेका अनुसार रात बस्ने हकमा अस्थायी पैठारीबापत भारतीय नम्बर प्लेटका मोटरसाइकलले १ सय ५० र अन्य गाडीले ३ सय ५० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा नजिकको बजारसम्म कुनै पनि भन्सार विना मोटरसाइकल सञ्चालन गर्न सकिन्छ । नेपालको हकमा धुलाबारी बजारसम्म र भारतको हकमा नक्शलसम्म विना भन्सार  मोटरसाइकल चलाउन सकिने जानकारी भन्सारका अधिकृतले मेचीनगर अनलाइनलाई जानकारी दिएका छन् ।  भन्सार नलाग्ने भएकाले यहाँ भारतीय सवारी त्यसमा पनि मोटरसाइकलको अत्याधिक प्रयोग भइरहेको छ । 
सीमावर्ती क्षेत्रका अधिकांश भारतीय गाडी भन्सार नतिरी आवतजावत गर्ने गरेको पाइएको छ । भन्सार अधिकृत घिमिरेले भने, ‘यसले कानूनको उल्लघंनका साथै राजस्व पनि गुमेको छ ।’
जिल्ला ट्राफिक प्रहरी निरिक्षक शान्तिराज कोइरालाले भन्सार नतिरी नेपालमो बसेको अवस्थामा पक्राउ गरी कारवाहीका लागि भन्सार बुझाउने सकिने जानकारी दिए ।   

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply