• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नागरिकता पाउनलाई चर्पी अनिवार्य

विराटनगर, २१ भदौ सुन्दा अचम्म लाग्न सक्छ- हजार जनसंख्याका लागि शौचालयमा मात्र साढे पन्ध्र लाख खर्च भएको मोरङ तेतरिया गाविसमा गत आर्थिक वर्षमा गाविस, जिविसलगायत विभिन्न संघ-संस्थाले गरेको सहयोग गरी सो रकम खर्च भएको हो
सन् २०१५ सम्ममा जिल्लालाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी कार्यक्रमअनुरूप हरेक गाविसका वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान नै थालिएको तेतरिया गाविसको जम्मा बजेट १० लाखमा ३० प्रतिशत बजेट शौचालयका लागि मात्र छुट्टयाइएको हो 'गाउँवासी विकास निर्माणका लागि आएको बजेटसमेत चर्पी सरसफाइमा लगाउन राजी भएका छन्,' गाविससचिव लीलाराम बाँस्तोलाले भने सचिव बाँस्तोलाका
अनुसार गाविसलाई खुला दिसामुक्त घोषणा गर्न गत आर्थिक वर्षमा मात्र विभिन्न संस्थाले करिब साढे पन्ध्र लाख खर्च गरेका थिए जसमा जिल्ला विकास समितिले एक लाख, नेपाल पिछडा वर्ग महासंघले एक लाख ५० हजार, पानीका लागि नेवाः नामक संस्थाले १० लाख, गाउँ विकास समितिले तीन लाख जिल्ला खानेपानी कार्यालयले दुई सय ३७ बोरा सिमेन्ट सहयोग गरेका थिए
'आगामी बजेटमा तीन लाख ५० हजार छुट्टयाउन गाउँ परिषद्मा प्रस्ताव गरिनेछ,' गाविससचिव बाँस्तोलाले भने, 'आर्थिक वर्ष २०६७/६८ मा पूरै गाविसलाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएका छौँ ' लक्ष्य पूरा गर्न गाविसभरि चेतनामूलक कार्यक्रम तथा नियम लागू गरिएको
गाउँका बासिन्दाले नागरिकता लिनका लागि घरमा चर्पी बनाउनैपर्ने नियम बनाइएको नागरिकता लिन चर्पी भए/नभएको सिफारिस आवश्यक पर्ने प्रावधान राखिएको 'जन्म, विवाह, मृत्यु दर्तालगायत सिफारिस गर्नुपरेमा पहिले चर्पी भए/नभएको बुझेर चर्पी हुनेको मात्र काम हुन्छ,' गाविससचिव बाँस्तोलाले भने, 'चर्पी नहुनेलाई केही दिनको समय दिइन्छ बनाएको जानकारी पाएपछि उनीहरूको सिफारिस हुन्छ ' गत वर्षको गाउँ परिषद्ले पारित गरेको सरसफाइसम्बन्धी घोषणापत्रमा कर्मचारी तथा राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको घरमा अनिवार्य चर्पी हुनुपर्ने उल्लेख गरिएको
त्यसैगरी, जुन विद्यार्थीको घरमा चर्पी उसलाई स्वास्थ्य विषयमा १० नम्बर थपिदिने गरेको तेतरिया- स्थित विद्यामन्दिर निमाविका शिक्षक प्रह्लाद भगतले बताए 'तर, जसको घरमा चर्पी छैन, उसको १० नम्बर घटाइन्छ,' शिक्षक भगतले भने यो नियम गाविसभरि नै लागू गरिएको उनले जानकारी दिए
सरसफाइसम्बन्धी जानकारी भएपछि हालसम्म दुई वडा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको त्यसमा वडा पूरै खुला दिसामुक्त घोषणा भइसकेको भने वडाका केही टोल घोषणा भएका छन् केही हुन बाँकी छन् त्यस्तै, आगामी असोजमा वडा आर्थिक वर्षभित्रमा पूरै गाउँ नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेका छन्
गत वर्ष प्रतिशत चर्पीको प्रयोग भएको भए पनि यस वर्ष ४८ प्रतिशत पुगेको उपस्वास्थ्य चौकी तेतरियाका अहेब मनोज मण्डलले जानकारी दिए ग्रामीण इलाकामा विभिन्न गैरसरकारी संघ-संस्था तथा सरकारी निकायबाट खुला दिसामुक्त क्षेत्र घोषणा तथा सरसफाइसम्बन्धी काम हुँदै आएकाले चर्पी प्रयोग गर्ने बढेको उनको भनाइ 'स्थानीयवासी चर्पीप्रति आकषिर्त भएका कारण विभिन्न सरुवा रोगको प्रकोपसमेत घटेर गएको ,' मण्डलले भने

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply