• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पोलिथिन हटाउने अभियान

इलाम २१ भाद्र इलाम नगरपालिकाले आर्थिक वर्ष २०११ लाई लक्षित गरी नगर सफा बनाउन पोलिथिन झोला हटाउने अभियान थालेको छ । 
नगरपालिकाले सात वर्षअघि सञ्चालन गरेको यहि अभियान पोलिथिनको विकल्प दिन नसक्दा असफल भएको थियो । पहिलेको असफलताबाट पाठ सिकेका छौं नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने । 
नगरपालिकाले कालो पोलिथिन झोलालाई एक महिनाभित्र हटाइसक्ने  र अन्यलाई कम गर्दै लाने बताएको छ । ‘पोलिथिन झोला विक्रि नगर्न बिक्रेतालाई पनि अनुरोध गरिरहेका छौ’ दाहालले मेचीनगर अनलाइनलाई टेलिफोन मार्फत जानकारी गराएका छन् । 

कालो पोलिथिनमा हुने प्रोपेलिन, बेनजिन, फेनोल, इथिलिनजस्ता रसायनले क्यान्सर पेट तथा फोक्सोको समस्या देखा पर्दछ । पोलिथिन सड्न बर्षौ लाग्ने र जलाउँदा हाइड्रोकार्वन र क्लोरोकार्वन जस्ता बिषालु ग्याँस निस्कने गर्दछ । 
नगरपालिकाले पोलिथिनको विकल्पमा प्रतिगोटा रु १५ पर्ने जुटको झोला विक्रि गरिरहेको छ । हटियाको दिन चोकबजारमा स्टल राखेर जुटको झोला बेचिरहेको पनि उनले जानकारी दिए । जुट वा कपडाको झोला बोक्न आग्रह गर्दैै नगरमा सचेतना कार्यक्रम पनि सञ्चालन भैरहेको छ । त्यति मात्रै होइन नगरभित्रका खोल्सा, सडक, नालीमा फ्याकिएका पोलिथनहरुपनि संकलन गर्ने काम सुरु गरिएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply