विद्यार्थि रोक्न चारित्रिक प्रमाणपत्रमा महङो शुल्क
मेचीनगर अनलाइन
|
Wednesday, September 1, 2010
|
0 comments
रोशन साँवा, इलाम, भदौ १६- उच्च माध्यमिक तह सञ्चालन गरेका विद्यालयले एसएलसी उत्तीर्ण विद्यार्थीलाई अन्यत्र जान नदिन चारित्रिक प्रमाणपत्र र मार्कसिटको महँगो शुल्क लिने गरेका छन्।
चारित्रिक प्रमाणपत्रबापत २ सयदेखि ५ सयसम्म लिँदै आएका विद्यालयले कक्षा ११ सञ्चालन गर्न थालेपछि २ हजारदेखि ५ हजारसम्म लिने गरेका छन्। तर, त्यही विद्यालयमा कक्षा ११ पढ्ने विद्यार्थीले महँगो शुल्क तिर्नुपर्दैन।चालू शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको फुएतप्पास्थित विष्णु उच्चमाविका प्रधानाध्यापक यादव अधिकारीले विद्यालयलाई सहयोग होस् भनेर बाहिर जाने विद्यार्थीबाट बढी शुल्क उठाएको बताए। अधिकारीका अनुसार त्यहीँ कक्षा ११ मा प
ढ्ने विद्यार्थीले चारित्रिक प्रमाणपत्र र नयाँ भर्ना शुल्कसहित २ हजार ६ सय तिर्नुपर्छ। तर, अन्यत्र जाने विद्यार्थीले भने चारित्रिक प्रमाणपत्रको मात्र ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। विद्यालयले गत वर्ष चारित्रिक प्रमाणपत्रको ५ सय मात्र लिने गरेको थियो। चालू शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको चमैताको डम्बरदेवी उच्चमाविले विद्यार्थीबाट चारित्रिक प्रमाणपत्रको २ हजार असुल्न थालेको छ। प्रधानाध्यापक ईश्वरराज बस्नेतले भने, ‘यहीँ पढ्नेलाई पनि २ हजार लिन्छौं तर कक्षा ११ मा भर्ना चाहिँ निःशुल्क गरिदिएका छौं।' अरु स्कुल जान खोज्ने विद्यार्थीलाई नरोकेको उनले बताए।

यसै वर्षदेखि कक्षा ११ को पढाइ सुरु गरेको बाँझोस्थित सरस्वती उच्चमाविबाट चारित्रिक प्रमाणपत्र निकाल्दा ५ हजार तिर्नुपरेको विद्यार्थीले गुनासो गरेका छन्। विद्यार्थीका अनुसार त्यहीँ कक्षा ११ पढ्नेले ५ सय मात्र तिर्नुपर्छ।
कतिपय विद्यालयले जबर्जस्ती चारित्रिक प्रमाणपत्र र मार्कसिट रोक्ने गरेको विद्यार्थीको गुनासो छ। उच्चमाविले त्यहीँ पढ्न बाध्य पारेर विषय छनोटको मौका नदिएको विद्यार्थीको भनाइ छ। ‘नयाँ खुलेका उच्चमाविमा सबै शिक्षक अनुभवी र योग्य हुँदैनन्। सीमित विषय हुने भएकाले छनोटको विकल्प हुँदैन,' चमैताकी सविता श्रेष्ठले भनिन्।
अनेरास्ववियुले चारित्रिक प्रमाणपत्रबापत महँगो र विभेदकारी शुल्क लिएको भन्दै विरोध गरेको छ। जथाभावी लिइएको शुल्कमा रोक लगाउन अनेरास्ववियुले जिल्ला शिक्षा कार्यालयलाई अनुरोध गरेको छ। अनेरास्ववियुका जिल्ला अध्यक्ष नवराज शंकरले भने, ‘महँगो शुल्क लिएपछि यहीँ पढ्छन् भनेर उच्चमाविले बाहिर जाने विद्यार्थीसँग मनपरी शुल्क लिएका छन्। यसप्रति शिक्षा कार्यालयको ध्यानाकर्षण गराएका छौं,' अनेरास्ववियूका जिल्ला अध्यक्ष नवराज शंकरले बताए। जिल्ला शिक्षा कार्यालयले पनि गुनासो आएका विद्यालयमा पत्राचार गरेको जनाएको छ।
Source :- http://www.nagariknews.com/society/education/17713-2010-09-01-04-04-20.html
Source :- http://www.nagariknews.com/society/education/17713-2010-09-01-04-04-20.html
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed