जुटौं सार्वजनिक भयो ।
मेचीनगर अनलाइन
|
Wednesday, September 1, 2010
|
0 comments
विर्तामोड भाद्र १६ "सकारात्मक परिवर्तनका लागि सकारात्मक सोचौ : राष्ट्रिय समस्या समाधानका लागि हामी सवै जुटौ " भन्ने नाराका साथ ‘जुटौ’ अभियानका अभियन्ताहरुले आज एक कार्यक्रमका वीच जुटौं अभियानको सुभारम्भ गरेका छन् । नेपाल पत्रकार महासंघ झापाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उक्त जुटौं अभियान सुरु भएको जानकारी गराईयो ।
संविधानसभाको निर्वाचन भएको लामो समय वितिसक्दा पनि संविधान निर्माण हुन नसकेको वर्तमान परिप्रेक्षमा राजनीतिक दलहरुलाई दवाव दिन विभिन्न दवावमुलक कार्यक्रमहरु गर्ने, लेख रचना मार्फत खबरदारी गर्ने, मुख्य शहरहरुमा संविधान निर्माणका लागि हस्ताक्षर संकलन गर्ने, जिल्ला स्तरका राजनीतिक दलहरुलाई संविधान निर्माणमा जुट्न आग्रह गर्ने, समाजमा रहेका विकृति, विसंगति
, अन्याय, अत्यचार र भ्रष्टचार विरुद्ध सजग नागरिकहरुलाई एकजुट हुन आग्रह गर्ने लगायतका कार्यक्रमरु गर्ने कुरा सो अवसरमा जानकारी गराइयो । उक्त पत्रकार सम्मेलनमा जुटौं अभियान कुनै पनि राजनीतिक समूह नभएको र उक्त अभियान कुनै पनि दातृ समूहबाट सञ्चालन नभई स्वःस्पूmर्त रुपमा सञ्चालनमा आएको कुरा समेत संयोजक विष्णु रिमालले जानकारी गराउनुभयो । उक्त कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासामा अभियान्ताहरुले प्रष्ट पारेका थिए । सोही अवसरमा उपस्थित पत्रकाहरुले एैक्यवद्धता जनाउँदै अभियानको व्यानरमा हस्ताक्षर समेत गरेका थिए ।

जुटौं अभियानका संयोजक विष्णु रिमालको संयोजकत्वमा भएको पत्रकार सम्मेलनमा अभियानका अभियन्ताहरुको नामावली समेत सार्वजनिक गरिएको छ । अभियन्ताहरुमा विष्णु रिमाल, गोपाल काफ्ले, रश्मीशेखर, लिलाप्रसाद भण्डारी, महेन्द्र विलास लुइटेल, दिपिन राई, भुपेन्द्र दाहाल, रहेका छन् । जुटौं अभियानमा सम्लंग्न हुन इच्छुक व्यक्तिहरुलाई अभियानले संधै स्वागत गर्नेकुरा पनि उक्त अवसरमा जानकारी गराइयो । केही दिन अघिदेखि उक्त अभियानसंग सम्वन्धित स्टीकरहरु झापाका विभिन्न ठाउँहरुमा टाँसिएको थियो । उक्त अभियानको व्लग http://letsunite.blogspot.com र ईमेल letsunite2067@gmail.com रहेको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed