• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नियुक्ति विवादले पठनपाठन बन्द

विर्तामोड, १६ भदौ । प्रधानाध्यापक नियुक्तिका विषयमा भएको विवादले भानु मावि धरमपुरको शुक्रबारदेखि पठनपाठन अवरुद्ध बनेको छ । विद्यालयका  २२ जना कर्मचारी–शिक्षकमध्ये १८ जना पठनपाठनको वातावरण नभएको र मार्ने धम्की आएको भन्दै ज्ञापनपत्र लिएर जिल्ला शिक्षा कार्यालय पुेका छन् ।
कानुनी व्यवस्थालाई धज्जी उडाउँदै षडयन्त्र गरेर व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्त गरेको आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीको आरोप छ । दुई वर्षअघि तय भएको विद्यालय व्यवस्थापन समितिको चुनावदेखि नै भानु माविमा तनाव सुरु भएको हो ।
काँग्रेस र एमालेले व्यवस्थापन समितिको निर्वाचन बहिस्कार गरेपछि माओवादी कार्यकर्ता समितिमा निर्विरोध निर्वाचित भएका थिए । उनीहरुले निर्वाचित भएको लामो समयपछि त्यहाँ कार्यरत प्रधानाध्यापक भानुप्रसाद ढुंगानालाई थाहै नदिई स्कूल बाहिरै समितिको बैठक गरेर तेजनाथ भट्टराईलाई प्रधानाध्यापक बनाएपछि शिक्षक कर्मचारी आन्दोलित बनेका हुन्
पूर्णबहादुर बस्नेत, राजेन्द्रप्रसाद गुरागाईं, घनश्याम पोखरेल, बद्रीप्रसाद भट्टराई लगायतका आन्दोलमा उत्रिएका शिक्षक कर्मचारीले एकीकृत माओवादीका क्षेत्र नम्वर ७ का सेक्रेटरी टंक ढकालले मार्ने धम्की दिएको आरोप लगाएका छन् । उनीहरुले मंगलबार जिल्ला शिक्षा र जिल्ला विकासमा ज्ञापनपत्र बुझाएका छन् भने प्रमुख जिल्ला अधिकरी नभएकाले प्रसाशनलाई ज्ञापनपत्र बुझाउन नपाएको शिक्षक भट्टराईले जानकारी दिनुभयो ।
शिक्षा नियमावलीमा तह, श्रेणी र जेष्ठताका आधारमा प्रधानाध्यापक नियुक्त गर्नुपर्ने व्यवस्था छ । प्रअ ढुंगाना २०६० सालदेखि कार्यरत रहेको र भट्टराई २०६३ सालदेखि कार्यरत भएकाले ढुंगानाले नै प्रअ हुन पाउनुपर्ने आन्दोलनमा उत्रिएका शिक्षकहरुको जिकिर छ ।
राजनीतिक दवाव थाम्न नसकेर नियम उल्लंघन गर्नु परेको जिशिअले बताएको शिक्षक संगठनका झापा अध्यक्ष नेत्र पाठकले जानकारी दिनुभयो । युनियनका अध्यक्ष नारायण गौतमले समस्याको समाधानका लागि पहल गरिदिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । आन्दोलनरत शिक्षकरुले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँहरुले यस्तो धारणा राख्नु भएको हो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply