भुटानी नेता हत्या मुद्दाको मिसिल सर्वोच्चबाट गायव
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
विर्तामोड २९ भाद्र÷ भुटानी नेता आ.के. बुढाथोकीको हत्या सम्वन्धी मुद्दाको मिसिल सर्वोच्च अदालतबाट गायब भएको छ ।
सर्वोच्च अदालले २०६६ असोजमा झापा जिल्ला अदालतमा मिसिल पठाएको बताएको छ । तर, झापा जिल्ला अदालतमा आएको कुनै प्रमाण नभएको चिठ्ठी पुर्जी फाँटले जनाएको छ । सरकाले यही साउन २८ गते बुढाथोकी हत्याका मुख्य आरोपित रामचन्द्र सुवेदी सहितका १० जनाको मुद्दा फिर्ता लिएको थियो । गृह मन्त्रालयको सिफारिसमा सरकाले मुद्दा फिर्ता लिएकाले मिसिल सर्वोच्चमै हुनुपर्ने जिकिर झापा जिल्ला अदालतका
कर्मचारीले गरेका छन् । मिसिल झापा पठाएर १० महिना पछि मुद्दा र्फिता गर्ने निर्णय हुनै नसक्ने झापा जिल्ला अदालतका कर्मचारीको दावी रहेको छ । मिसिल बेपत्ता बनाउन सर्वोच्चका कर्मचारीको भूमिका रहेको बताइएको छ ।सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेका पत्रका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय झापाले भदौ २४ गते फिर्ता लिन झापा जिल्ला अदालतलाई आग्रह सहितको पत्र पठाएको छ । तर मिसिल नभेटिएपछि बुढाथोकी हत्या प्रकरणको मुद्दा तत्काल फिर्ता नहुने भएको छ । मुद्दा फिर्ताका विषयमा झापा जिल्ला अदालतका मुख्य न्यायधीश शम्भुराम कार्कीले मिसिल फेला परेपछि मिसिलको अध्ययन गर्ने र चाहेरीवाला र तीनको कानुन व्यवसायीसँगको छलफल पछि मुद्दा फिर्ता लिने नलिने निर्णय गरिने बताउनुभयो ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed