• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

दुई युवती डेढ वर्षदेखि बेपत्ता

इलाम/ वैदेशिक रोजगारका लागि गएका इलामको सुलुबुङका दुई युवती डेढ वर्षदेखि बेपत्ता छन् सुलुबुङ - का  दलबहादुर शिवाकी १९ वर्षीया छोरी पवित्रा फागुन ०६५ मा कतारका लागि हिँडेकोमा हालसम्म सम्पर्कविहीन भएकी हुन्
उनलाई गाउँकै रामकुमारी बुर्जामार्फत काठमाडौँकी लाक्पा भनिने दलालले भारतको मुम्बईबाट कतारका लागि उडाएको भन्नेसम्मको खबर आए पनि उनले डेढ वर्ष बित्दासम्म परिवारमा सम्पर्क नगरेको पीडितले बताएका छन् उनलाई लैजाँदा १५ दिनमा पुगेको खबर आउने दुई महिनापछि पैसा पठाउने आश्वासन दिइएको थियो

यस्तै, सुलुबुङ- का लीलाबहादुर राराहाङकी २१ वर्षीया छोरी सुमित्रा पनि ०६५ बैशाख पहिलो हप्तादेखि परिवारको सम्पर्कभन्दा बाहिर छिन् उनलाई माइमझुवाका ओमकार गुरुङमार्फत झापा सुरुंगाका भूपेन्द्र कार्कीले भारतको मुम्बईबाटै कतार लगेको भने पनि उनी अहिलेसम्म सम्पर्कमा नआएको पीडित परिवारले बताएका छन् उनीहरूको खोजीका लागि परिवारले स्थानीय बन्दुके प्रहरी चौकीमा आग्रह गरेका छन्  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply