अध्यक्षमा त्रीपक्षीय भीडन्त
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
विर्तामोड २९ भाद्र/ निर्माण व्यवसायी संघ झापाको ९ औं जिल्ला अधिवेसनमा तीन समूहबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।
नयाँ कार्यसमिति चयन गर्ने गरी भाद्र ३० र ३१ गते हुने भएको अधिवेशनमा वर्तमान अध्यक्ष गोपालबहादुर थापा, गणेश बस्नेत र प्रभावक कडरियाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । अधिवेशनको अन्तिम तयारी भइरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । संघले निर्वाचन आयेगमा कानुनी सल्लाहकार भीम बरालको संयोजकत्वमा चेदान्नद पोखरेल र हरि घिमिरेको निर्वाचन समिति गठन गरको छ । १३ सदस्यीय संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष र ८ जना सदस्य पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । २ सय २ जना मदतादा सदस्य रहेका संघको उपाध्यक्ष पदको लागि दीपेन्द्र पोखरेल, भीमसेन
अधिकारी र भैरव श्रेष्ठ निर्वाचनमा उठ्ने सम्भावना रहेका छ ।त्यस्तै महासचिव पदका लागि वर्तमान सचिव ओम पौडेल, पूर्व सचिव नेत्र गौतमले दावी गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा वर्तमान कोषध्यक्ष राम बाराकोटी, शम्भू कार्की र उपेन्द्रप्रसाद सिंहले दाबी गर्नुभएको छ । यसअघि निर्विरोध हुँदै आएको सचवि पदमा यसपटक पनि आपूm निर्विरोध हुने तोया गड्तौलाले अपेक्षा गरेको बताउनुभयो ।
संघको ८ सदस्य पदका लागि १५ जना भन्दा बढलिे दावी गरेका छने । सदस्य पदमा कुमार उप्रेती, चूडामणी मैनाली, योगन्द्र खड्का, कुमार बस्नेत, चन्द्र खत्री, भोगेन्द्र श्रेष्ठ, जगन्नाथ भट्टराई, परमानन्द भट्टराई, राजन अधिकारी, बेलबहादुर लिम्बू, अशोक थापा, प्रविन कटुवाल र रत्ना अतिवडाले उम्मेद्वारी दिनुहुने भएको छ । तर, पुराना निर्माण व्यवसायीहरु सर्वसम्मत ढंगले नेतृत्वचयन गर्नुपर्ने माग गरेका छन् । निर्माण व्यवसायी मदन अधिकारी, शेरबहादुर थापा, मोहन अधिकारी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सर्वसम्मतका लागि जुट्नुभएको छ ।
निर्माण व्यवसायीमा दाबी भएको कुण्डले, मण्डले प्रवृत्तिको विरुद्धमा युवा व्यवसायीहरु कडा ढंगले प्रस्तुत हुने भएका छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed