• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

साईवर अपराधी गिरोह पक्राउ

साइबरसंसार डट कमका सञ्चालक इन्टरनेटमार्फत् डाउनलोड गरेका थ्रीडी र हाइडेफिनेशन (एचडी) अंग्रेजी फिल्मको संगठित अवैध व्यापारमा संलग्न भएको खुलासा भएको छ। गिभमीएचडी डट कम नामको वेबसाइट निर्माण गरेर अभिनव/दिपांकर कसजुले बीबीसी, नेशनल जोग्राफिक, डिस्कभरी च्यानलले उत्पादन गरेका डकुमेन्ट्रीको समेत अवैध व्यापार चलाइरहेका छन्।

अवैध फिल्मको कारोबार गर्ने गिभमीएचडी डट कमको सञ्चालक कम्पनी ड्रिम्स एन्ड आइडियाज हो। गिभमी एचडी डटकमको डोमेन स्वामित्व पनि उसकै रहेको छ। कम्पनी रजिष्ट्रार कार्यालयमा २४७५१ नम्बरमा दर्ता रहेको ड्रिम्स एन्ड आइडियाज मोडलिङका लागि चर्चित साइबरसंसार डटकमको पनि सञ्चालक कम्पनी हो।2
साइनबोर्ड राखेरै कारोबार : साइबरसंसार, ड्रिम्स एन्ड आइडियाजसँगै गिभमिएचडीको साइनबोर्ड

संगठित जालोबाट अवैध व्यापार
प्रतिलिपी अधिकार बिना नै हजारौं एचडी र थ्रीडी फिल्मको सूची गिभमीएचडी डट कममा राखिएको छ। ती फिल्म प्राप्त गर्न सो साइटको सदस्यता लिनुपर्छ। २५ हजार र १५ हजार रुपैयाँ तिरेर बन्ने सदस्यले क्रमश ३ सय ३३ र १ सय ७६ वटा फिल्म प्राप्त गर्दछन्। एक दुईटा मात्र फिल्म लिन चाहनेलाई उनीहरुले प्रिपेड ग्राहकको कोटीमा राखेर पैसा असुल्ने गरेका छन्। प्रिपेड तिर्नेहरुले एचडी फिल्मका लागि प्रतिफिल्म एक सय रुपैयाँ र थ्रीडी फिल्मका लागि दुई सय रुपैयाँ लिने गरेका छन्। टोरेन्टबाट अवैध रुपमा डाउनलोड गरिएका फिल्महरु साइबरसंसारको कार्यालय रहेकै टेकूस्थित घरबाट बिक्री वितरण हुन्छन्। शुल्क असुलेपछि प्रतिलिपि अधिकार नभएका त्यस्ता फिल्म उपभोक्ताका ल्यापटप, एक्स्टर्नल हार्डडिस्क तथा उच्च क्षमताका पेन ड्राइभमा ट्रान्सफर गरिन्छन्।
3
२६ अर्ब बढीको अवैध धन्दा
फिल्मका कारोवारवालाले थ्रीडी फिल्म हेर्न आवश्यक पर्ने भिन्नै किसिमको चश्मा समेत बेच्ने गरेका छन्। एचडी नेपाल डटकम प्रिन्ट गरिएको चश्मा चीनबाट ल्याइएको ड्रिम्स एन्ड आइडियाजका अभिनव कसजुले बताए। हल्का कागजको फ्रेममा रंगिन प्लाष्टिक राखेर तयार पारिएको थ्रीडी चश्माको अधिकतम मूल्य पाँच रुपैयाँभन्दा बढी पर्ने देखिँदैन। उनीहरुले यस्तो चश्मालाई १ सय रुपैयाँ लिने गरेका छन्।
कानुन भन्छ- उनीहरु दोषी हुन्
नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार विश्व व्यापार संगठनको सदस्य मुलुकबाट उत्पादित श्रव्य दृश्य रचनाको प्रतिलिपी अधिकार अर्को सदस्य मुलुकमा समेत लागू हुन्छ। नेपाल सन् २००४ देखि संगठनको सदस्य राष्ट्र हो। नेपालकै कानुनले समेत त्यस्ता प्रतिलिपी अधिकार भएको सामग्री बिक्री मात्र हैन भाडामा दिन समेत निषेध गरेको छ। त्यसरी अवैध रुपमा डाउनलोड गरी प्रतिलिपि अधिकार भएको सामग्री बिक्री तथा भाडामा दिए कसुरदातालाई प्रतिलिपि अधिकार ऐन २०५८ ले एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैद गर्न सक्ने व्यवस्था गरेको छ।
5
साइबर कानुन लागू भएका मुलुकमा इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) ले अवैध रुपमा इन्टरनेटबाट सामग्री डाउनलोड गरे उपभोक्तालाई सचेत गराउने तथा राज्यका निकायलाई त्यसको रिपोर्ट दिने जिम्मेवारी हुन्छ। गिभमीएचडी डटकमले वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट प्रयोग गरी त्यस्ता फिल्म डाउनलोड गर्ने गरेको नागरिकन्युजको अनुसन्धानबाट खुलेको छ। वर्ल्डलिङ्क साइबरसंसार डट कमको सञ्चालक साझेदार कम्पनी हो।
प्रतिलिपि अधिकार नभएका हिन्दी, अंग्रेजी फिल्मका सीडी, डिभीडीको पुनःउत्पादन लुकीछिपी हुँदै आएको छ। त्यस्ता व्यक्तिहरुलाई सुराकीको आधारमा प्रहरीले छापामारी पक्राउ गर्ने गरेको छ। काठमाडौं, टेकूस्थित नेशनल ट्रेडिङभन्दा १ सय मिटर परको कालोसिसा भएको घरमा साइनबोर्ड नै राखेर प्रतिलिपी अधिकार नभएका फिल्म खुलेआम बिक्री वितरण भइरहँदा प्रहरी बेखबर छ। गिभमीएचडी डटकममा सम्पर्कका लागि दिइएको ४२६०९८९ फोन नम्बर गंगादेवी कसजुको नाउँमा छ। तत्काल सम्पर्क गर्नु परे अभिनव कसजुको ९८५१०५२७०८ र दिपांकरको ९८५१०४७४४७ मोबाइल नम्बर नै साइटमा उपलब्ध छ। अभिनव/दिपांकर राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त विनयकुमार कसजुका छोरा हुन्।

के हो टोरेन्ट ?

फिल्म, डकुमेन्ट्री, गीत, भिडियो गेम, सफ्टवेयर लगायतका फाइलहरु डाउनलोड गर्ने विद्युतीय सफ्टवेयर वा एक किसिमको सर्वर हो- टोरेन्ट। सामान्यतः सर्भरमा राखिएका फाइल इन्टरनेटमार्फत् डाउनलोड गरिन्छ। टोरेन्ट यो भन्दा फरक प्रविधि हो। टोरेन्टमा फाइल डाउनलोड र अपलोड एकै समयमा हुन्छ। मतलब टोरेन्टबाट कसैले फाइल डाउनलोड गर्छ भने डाउनलोड भइरहेको कम्प्युटरबाट अर्को कम्प्युटरका लागि त्यही फाइल अपलोड पनि भइरहेको हुन्छ। यसलाई सिडिङ भनिन्छ।
छिटो गतिको इन्टरनेट हुँदा टोरेन्टबाट सिङ्गै फिल्म डाउनलोड गर्न सकिन्छ। कम गतिको इन्टरनेटबाट यो काम सम्भव छैन। गिभमीएचडी डटकमले वर्ल्डलिंकको उच्च गतिको इन्टरनेटमार्फत् टोरेन्टबाटै डाउनलोड गरिएका फिल्म बिक्री वितरण गर्दै आएको हो।स्टिङ अपरेसनका लागि केही ग्राहक एचडीनेपाल डट कमको समेत कार्यालयमा पुग्छन्। गोप्य क्यामेराबाट खिचिएको त्यहाँका दृश्य र वार्तालाप 
भिडियोमा के छ ?
भिडियोका केही मुख्य दृश्य र वार्तालापको संक्षेप-
ग्राहकः एक्सक्युज मी
रिसेप्सनमा रहेकी महिलाः यस
ग्राहकः गिभमीएचडी डट कमको यतै हो ?
रिसेप्सनमा रहेकी महिलाः हजुर
ग्राहकः फिल्म लिने यतै हो ?
रिसेप्सनमा रहेकी महिलाः हजुर
रिसेप्सनमा रहेकी महिलाः मुभी लिन आउनु भएको हो ?
ग्राहकः अँ, अझ मैले त थ्री डी फिल्म चाहेको।
रिसेप्सनमा रहेकी महिलाः ए थ्री डी पनि पाइन्छ
बस्नु न म माथि दाइलाई बोलाइदिन्छु।
(फोनमा कुरा गर्दै) यहाँ आउनुभएको छ एचडी मुभीका लागि।
ग्राहकः कति पैसा, शुल्क ?
रिसेप्सनमा रहेकी महिलाः पर मूभि हन्ड्रेड रुपिज।
ग्राहकः अनि त्यो थ्री डीको पनि एउटै हो?
रिसेप्सनमा रहेकी महिलाः हजुर अँ
ग्राहकः
 त्यसका लागि चश्मा पनि पाइन्छ?
रिसेप्सनमा रहेकी महिलाः अँ, त्यो मूभी लिँदा खेरी त्योसँगै पाउनु हुन्छ।
एकछिनको पर्खाइपछि
अभिनव कसजु आउँछन्।
अभिनवः हार्डडिस्क ल्याउनु भएको छ? कति वटा चाहिने हो ? माथि हाम्रो अर्को भइरहेको छ, छोडेर जानुहुन्छ ?
ग्राहकः 
थ्री डीको एउटा मात्र भए हुन्छ।
अभिनवः ए, एउटा मात्र चाहिने?
ग्राहकः त्यसको चश्मा चाहिने थियो।
अभिनवः कुन चाहिँ लानुहुन्छ?
ग्राहकः 
के के छ हेरौँ न।
अभिनव कम्प्युटरमा गिभमीएचडी डट कम खोल्छन् र त्यहाँ भएका फिल्मका सूचिहरु देखाउँछन्।
ग्राहकः पैसा चाहिँ कति पर्छ?
मूभीको सय रुपैयाँ। अनि चश्माको पनि सय रुपैयाँ।
ग्राहकले एउटा फिल्म रोजेपछि त्यसलाई कपि गर्न हार्डडिस्कसहित अभिनव माथिको कोठामा जान्छन्। एकछिनपछि उनले तल रिसेप्सनमा फोन गरी थ्रीडी मूभीको चाहिँ दुई सय रुपैयाँ र त्यसको चश्माको सय रुपैयाँ पर्ने बताउँछन्। सुरुमा सय रुपैयाँ पर्ने भनेको फिल्मको भाउ एकाएक सय प्रतिशत बढ्छ। (यी दृश्य भिडियोमा देखिएको छैन)
केही मिनेटको पर्खाइपछि अभिनव हार्ड डिस्क र कागजको चश्मा हातमा लिएर आउँछन् र भन्छन्- त्यति बलियो त हैन यो।
ग्राहकः कागजको हो यो?
अभिनव: कागज कै हो।
ग्राहकः राम्रो प्लास्टिकको पाइन्न?
अभिनव: अहिले त छैन। मगाउन चाहिँ मिल्छ।
ग्राहकः यो त साह्रै महँगो पो पर्‍यो त।
ग्राहकः यो चाहिँ यहीँ बनाएको हो कि क्या हो ?
अभिनव: यो अर्डर गर्‍या हो।
ग्राहकः हजुर?
अभिनव: साथीहरुले अर्डर गरेको चाइनाबाट। तपाईँले कहाँबाट थाहा पाउनु भो हाम्रो बारेमा?
ग्राहकः हामीले ? अनलाइनमा। केमा थियो रे विज्ञापन हामीले हेर्‍या?
अर्को ग्राहकः साइबर संसारमा
ग्राहकः ए अँ त साइबर संसारमै हो नि।
अभिनव रिसेप्सनको कम्प्युटरमा बसेर थ्रीडी फिल्म चश्मा लगाएर हेर्दा कस्तो देखिन्छ भनी ग्राहकहरुलाई देखाउँछन्।
ग्राहकः कति भयो यो सुरु गरेको?
अभिनव: तीन चार महिना
ग्राहकः कतिको मान्छेहरु आउँछन्?
अभिनव: थ्रीडीको लागि मात्रै भनेर त आउन्नन्। अरु एचडी मूभीका लागि चाहिँ आउँछन्। थ्रीडी मात्रै त…फिल्मै लिमिटेड छ हैन… १०/१२ वटा फिल्म छ। थ्रीडी मात्रै भनेर चाहिँ आउँदैन के।
ग्राहकः अनि यो ल्यापटपबाट टिभीमा जोड्ने सामान हुन्छ नि त्यसको कति पर्छ? कनेक्टरको?
अभिनव : त्यो ५/६ सय रुपैयाँ होला। न्युरोडतिरको कम्प्युटर पसलहरुमा पाइन्छ।
ग्राहकः टिभीमा हालेर थ्रीडी हेर्दा त मजा हुन्छ होला नि।
अभिनव: हुन्छ, त्यसरी हेर्दा पनि हुन्छ।
ग्राहकः फिल्म महँगो भयो अलि।
अभिनव: फिल्म? लिमिटेड छ। अर्को साथीहरुले पाँच सय रुपैयाँमा बेचिरहेको छ के।
ग्राहकः अर्को भनेको ?
अभिनव: एचडीनेपाल भन्ने छ नि त्यो। त्यहाँका साथीहरुले चाहिँ….
चश्मा लिँदै ग्राहकः यो यहीँ बनाएको हो कि ?
अभिनवः 
यो बाहिरबाट मगाएको हो के। चाइनाबाट मगाएको। हजार पिस जति मगाएको। इन्डियाबाट पनि मगाउन मिल्छ। इन्डियामा अलि महँगो पर्छ तर।
ग्राहकः अनि यो एचडीनेपाल भनेको अर्को हो? थ्रीडी बेच्ने अर्को?
अभिनव: अँ उनीहरु चाहिँ टिभीहरु बेच्छन् के
ग्राहकः डीभीडी मै बेच्ने? यस्ता फिल्महरु डिभिडीमा पाइन्नन्?
अभिनव: पाइन्छ
ग्राहकः कति पर्छ?
अभिनव: हामी कहाँ चाहिँ पाइन्न। एचडी मात्रै हो हामी कहाँ।
ग्राहकः नयाँ रिलिज भएको फिल्म तुरुन्तै आउँछ कि कस्तो हुन्छ यहाँ?
अभिनव: आउँदैन त्यो। एकदेखि तीन महिना लाग्छ।
ग्राहकः जस्तो त्यो इन्सेप्सनहरु हेर्नुपर्‍यो भने?
अभिनव: इन्सेप्सन चाहिँ नोभेम्बरमा मात्रै रिलिज हुन्छ। ब्लकबस्टरहरुलाई चाहिँ अलिकति डिले गर्छ के उनीहरुले।
थ्रीडी बारे उनी ग्राहकहरुलाई सुनाउँछन् यस्तो यस्तो इफेक्ट देखिन्छ भनी।
Source : Nagariknews

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply