कठिन तिर्थयात्राका लागि अब हेलिकोप्टर
मेचीनगर अनलाइन
|
Wednesday, September 15, 2010
|
0 comments
खगेन्द्र अधिकारी, ताप्लेजुङ, भदौ ३०- पर्यटन वर्ष २०११ लाई मध्यनजर गरी देशभरका मुख्य तर यात्रा गर्न कठिन पर्यटकीय स्थल दर्शनका लागि हेलिकोप्टर सेवा सञ्चालन हुने भएको छ। पूर्वी नेपालका पाथीभरा, हलेसी महादेव जस्ता तीर्थस्थलमास्तो सेवा सुरु हुन लागेको हो।तीर्थालुको चांप बढ्ने बेला दशैं, तिहार र छठको अवसर पारेर देशभरका मठ मन्दिर र तीर्थस्थलमा यस्तो सेवा सुरु गर्न लागिएको हो। पूर्वी नेपालका पाथीभरा, हलेसी तथा अन्य यस्तै प्रकारका मठमन्दिरमा दर्शनार्थीलाई हेलिकोप्टरबाट आउन तथा जान मेची टुर एण्ड ट्राभल्स प्रालिले यस्तो सेवा दिने गरी योजना प्रस्ताव गरेको हो।
प्रधान कार्यालय इलाममा रहेको यसले कठिन ठानिएका तीर्थस्थलहरुमा असोज २४ गतेदेखि यस्तो सेवा सुचारु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् अनुमति माग गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी ईश्वरराज रेग्मीले अनुमति माग भएबमोजिम सुरक्षा समितिको बैठक बसी स्वीकृति प्रदान गरिने सङ्केत गरेका छन्। उनले पर्यटन वर्ष देशकै महत्त्वपूर्ण चाड भएकाले यसलाई सघाउने जुनसुकै अभियान सेवाभावपूर्ण हुने धारणा व्यक्त गरे।
मेची टुर प्रालिले झापाको चन्द्रगढीदेखि पाथीभरा धामको दर्शन गरी पुन: चन्द्रगढीसम्म पुग्नेगरी हवाई सेवाको अवधारणा अघि सारेको हो। खोटाङमा रहेको हलेंसी महादेवको दर्शनका लागि पनि चन्द्रगढीदेखि हलेंसी हुँदै पुन: चन्द्रगढीसम्मकै यात्रा तय गरिएको छ। सो यात्रा सञ्चालन भए एकै दिनमा तिर्थालु तीर्थस्थलको दर्शनपछि आफ्नो गन्तव्यसम्म पुग्न सक्नेछन्।
हाल पाथीभराधामसम्म पुग्न ताप्लेजुङ सदरमुकामबाट डेढ दिनको पैदय यात्रा पार गर्नुपर्दछ। हलेंसी महादेवको दर्शनका लागि त सोभन्दा बढि समय खर्चिनुपर्ने भुक्तभोगीको अनुभव छ। मोटर बाटो पनि सहज नहुँदा दुवै जिल्ला सदरमुकाम पुग्न मुख्य केन्द्र विराटनगरदेखि ३ दिन लाग्ने गरेको छ। हवाई सेवा उपलब्ध गराउने संस्थाले बिके ९ ११७९ स्लाइडर बासो नामक हेलिकोप्टर प्रयोग गर्ने जानकारी दिएको छ।
Source : Nagariknews
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed