• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

‘धान बेचेर खेलाएको खेर गएन’

राजु अधिकारी बाहुँनडागी ३१ भाद्र/ कुनैबेला धानै बेचेर छोरीको खेल खर्च जुटाइदिने बाहुनडाँगी–५ को अधिकारी परिवार बुधबार बेग्लै उल्लासमा थियो । छोरी गंगाले नेपालको खेलक्षेत्रकै प्रतिष्ठित पल्सर स्पोटर्स अवार्ड जितेको खबर परिवरका लागि लगानी खेर नगएको अनुभूति दिलाउने आधार बनेको थियो । बिहान मात्रै रेडियोबाट यो बखर थाहा पाउँदा आमा लीलादेवीको मुखबाट फुत्किएको थियो, ‘मेरी छोरीले गरिछे !’ गंगा अघिल्लो दिन पल्सर वर्षको उत्कृष्ठ मयिहला खेलाडी भएकी थिइन् । 
६ वर्षदेखि नै करातेतिर आकर्षित गंगाको लगातार सफलताले विकट गाउँमा खेतीपाती गरेर बस्ने उनका
अभिभावकलाई हर्षित तुल्याएको छ । ‘खेल्न जानुपर्यो भन्थी हातमा पैसा हुन्थेन,’ समाचार संकलनको लागि घर पुग्दा भर्खरै घाँसको भारी बिसाएकी ६० बर्षीया आमाले विगत सम्झिइन, ‘अनि धान बेचेर खेल्न पठाउँथ्यौं, अचेल उसको राम्रो कुरा सुन्दा खेर गएनछ जस्तो लाग्छ ।’
दुःख पाउनेहरु मात्र खेलकुदमा लाग्छन् भन्ने मान्यता रहेको बेला पाँच छोरा र एक छोरीमध्धे कान्छी गंगाले करातेमा चासो देखाउँदा परिवारले उनलाई हौसला दिएको थियो । ‘त्यो बेला पनि गाउँमै प्रशिक्षक झिकाएर सिकाइएको थियो’, राजधानी बसेर सशस्त्र प्रहरीबाट खेलजीवन अघि बढाइरहेकी गंगाले फोनबाटै परिवारप्रति कृतज्ञता दर्शाइन्, ‘बा–आमाले मप्रतिको भरोसा सानैदेखि थियो ।’ २०५२ सालमा क्षेत्रीय प्रतियोगिताबाट उनले सफलता हात पार्दै गएपछि परिवारले उनलाई पूर्णतः ‘करातेकर्मी’ हुट छुट दिएको थियो । 
हालै निधन भएका जेठा दाजुले बहिनीलाई कराते खेलाडी बन्न दिएको प्रोत्साहन नै अहिले प्राप्त गौरवको श्रेय भएको परिवारको भनाइृ छ । पूर्व–पश्चिमक राजमार्गदेखि झण्डै १२ किलोमिटर उत्तरमा पर्ने गंगाको गाउँ तेलपानी बरिपरिीबाट खोलाले घेरिउको छ । उनले सथनीय सामुदायिक विदालयबाट एसएलसी गरेकी हुन् । ‘मेरी छोरीलाई विकटाले रोक्न सकेन,’ ११ औं ढाका सागमा छोरीले राष्ट्रलाई स्वर्ण पदक दिलाउँदा ताकाजत्तिकै खुसी अनुहारमा झल्काउँदै बुबा गणेशलो भने, ‘अझै राम्रो गरोस्, देशको सेवा गरोस् ।’
‘खेलले गर्दा छोरीले पढाइ अगाडी बढाउन सकिन,’ काँग्रेसको वडा सभापति उनका बुबाले भने, ‘तर पनि परिवार र देशको नाम उसैले राख्दा हामी सन्तुष्ट छौ ।’ धुलाबारी क्याम्पसको प्रमाणपत्र तह पढ्दापढ्दै छोडेकी गंगाले गाउँमा बसेर खेलकोशलमा निखार ल्याएको सम्झँदा परिवार पनि अचम्मित छ । 
द्धन्द्धकालमा माओावदी कार्यकर्ता आएर गंगालाई पार्टीमा लाग्न दिएको दबाब चाहेर पनि भुल्न सक्दैनन् उनका बुबा । ‘एकदिन त घरैमा आएर उसलाई लिएर पनि गए’, शान्तिनगर पुगेर छोरी फर्केको घटना सुनाउँदै उनले भने, ‘त्यतिबेला खेलाडी पार्टीको हुँदैन सबैको हुन्छ भन्दै उ फर्केर आई ।’ त्यसयता छोरीको खेलयात्राले सन्तोष दिएको उनी बताउँछन् । ‘छोरी हाम्री पनि अभिावकजस्तै हो,’ केही गर्दा पनि आपूmले दबाब नदिएको बताउँदै उनले यच्छा सुनाए, ‘अब यति हो आँगन पोलेर कनयादन गर्न पाए पुग्यो ।’ बुबाको इच्छा सुनाउँदा गंगाले आपूm अभिभावकको इच्छा बाहिर कहिल्यै नजाने बताइन् । 
आठौँ सागको छनौट चरणबाटै बाहििरएपछि झन्डै तीन वर्षको घर बसाइले गंगाको खेलजीवन अन्योलग्रस्त बनेका ेथिाये । तर २०६४ सालमा सशस्त्र प्रहरीको सम्पर्क नै उनको खेलजीवनको कोल्टे फेराइ बन्न पुग्यो । त्यसबेला भर्ना भएर हाल सहायक हवल्दार पदमा कार्यरत गंगाले कराते यात्रालई फेरि निरन्तरता दिएकी हुन् । उनी अहिले १६ औं एसियाडको तयारीमा छिन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

1 comment

Trackback URL | Comments RSS Feed

  1. Anonymous says:

    सामान्य परिवारमा जन्मिएर पनि अथक मेहनत र परिश्रमले आज गंगा बजाज पल्सरको उत्कृस्ट खेलाडीको रुपमा आफुलाई उभ्याउन सफल भएकोमा गंगालाई हार्दिक बधाई साथै सर्बोत्क्रिस्ट मुल्यांकन गरेकोमा बजाज पल्सरका मुल्यांकनकर्ताहरुलाई हार्दिक धन्यबाद |

     

Leave a Reply