• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

प्रेस चौतारीको भेला इलाममा सम्पन्न

इलाम ३ असोज / प्रेस चौतारी नेपालको मेची अञ्चल भेला ९ बुँदे इलाम घोषणापत्र जारी गर्दै आज इलाममा सम्पन्न भएको छ । जारी घोषणा पत्रमा नयाँ सँविधान निर्माण प्रक्रिया अवरुद्ध नगर्न ,राष्ट्रिय सहमतीको सरकार निर्माण गर्न माग गरिएको छ । त्यस्तै भेलाले सरकारले उपलब्ध गराइरहेको सेवा सुविधा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने संचार गृहहरुलाई उपलब्ध नगराउन सरकारको ध्यानाकर्षण गराएको छ । सोही भेलामा बोल्दै चौतारीका अध्यक्ष गगन विष्टले नेपाली संचार माध्यममा राज्यले समानुपातिक विज्ञापन नीति लागू नगरे अधिकांश संचार माध्यम बन्द हुने अवस्थामा पुग्ने बताउनु भयो । प्रेस चौतारी इलामले आयोजना
गरेको मेची अंचल भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले राज्यले समानुपातिक विज्ञापन विज्ञापनको नीति अबलम्बन नगरे सम्म श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन नसक्ने बताउनु भयो । कार्यक्रममा अधिकांश वक्ताहरुले पत्रकारहरुको भौतिक सुरक्षा सँगै पेशागत सुरक्षाको अवस्था गम्भीर रहेको र आफ्नो सुरक्षाका लागि पत्रकारहरु आफैं लाग्नु पर्नेमा जोड दिएका थिए । भेलामा इलाम, पाँचथर, ताप्लेजुङ्ग र झापाका पत्रकार महासंघका अध्यक्ष र प्रेस चौतारीका सदस्य गरी ४८ जनाको सहभागीता रहेको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply