• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नयाँ बसपार्क संचालन असोज १५ देखि

विर्तामोड, ३ असोज / यहाँस्थित नयाँ बसपार्क असोज १५ गतेदेखि संचालनमा ल्याइने गरी तयारी तीब्र पारिएको छ । 
२०६३ सालमा निर्माण शुरु गरिएको बसपार्क निर्माण सम्पन्न भएपछि संचालनका लागि अन्तिम तयारी गरिएको निर्माण समितिले जनाएको छ ।
२ विगाहा ८ कठ्ठा क्षेत्रफलमा रहेको बसपार्कको अनुमानित निर्माण लागत ४ करोड ५० लाख रहेको छ । जसमा २ करोड ९९ लाख भारतीय सहयोग, केन्द्रीय बजेट र स्थानीय स्रोतको आर्थिक सहयोगबाट निर्माण कार्य पूरा भएको हो । 
यसैबीच, निर्माण शुरु गर्दा समितिले २ करोड ३५ लाखको ठेक्का दिएको थियो । ठेक्कामा लगाएको काम ठेकेदारले नबुझाएकाले कूल लागतका सम्बन्धमा जिविसलाई जानकारी नभएको जिविस स्रोतले जनाएको छ । 
बसपार्कमा ७५ वटाभन्दा बढी गाडी पार्किङ गर्न सकिने निर्माणका सचिव बुद्धिप्रसाद घिमिरेले बताए । 
बसपार्क निर्माणका लागि स्थानीय सुदर्शन गिरीले आफ्ना स्वर्गीय पिता टेकबहादुर गिरीको स्मृतिमा उक्त जग्गा २०६० सालमा उपलब्ध गराएका थिए । 
बसपार्क निर्माणका लागि ०६१ सालमा गाविसको नाममा उक्त जग्गा नामसारी गरिएको थियो । त्यसपछि चैतन्यप्रकाश मैनालीको अध्यक्षतामा निर्माण समिति गठन गरिएको थियो । काम प्रभावकारी ढंगले अघि बढ्न नसकेपछि ०६३ सालमा उद्धव थापाको नेतृत्वमा बनेको ३१ सदस्यीय समितिले बसपार्क निर्माण कार्य पूरा गरेको हो । 
सचिव घिमिरेले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको अञ्चल यातायात व्यवस्थापन समितिले निर्माण गरेको कार्य योजना अनुसार बसपार्क संचालन गरिने जानकारी दिए । 
‘बसपार्क व्यवस्थापनका लागि खर्च लाग्छ’, सचिव घिमिरेले भने – ‘यातायात व्यवस्था कार्यालय प्रमुखको नेतृत्वमा बनेको सर्वपक्षीय समितिले निर्माण गरेको कार्य नीति निर्देशिकाका आधारमा बस पार्कको संचालन गरिनेछ ।’ 
बसपार्क संचालनमा ल्याइएपछि पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम तथा झापाबाट देशभर छुट्ने बसलाई केन्द्रिकृत गरिए विर्तामोडको ट्राफिक व्यवस्थामा सुधार हुने आफ्नो विश्वास रहेको सचिव घिमिरे बताउँछन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply