इलाममा दुई रेडपाण्डा भेटिए
मेचीनगर अनलाइन
|
Saturday, September 18, 2010
|
0 comments
इलाम (मङ्गलबारे), असोज २- उत्तरी इलामको मावु र जमुनाका सामुदायिक वनमा दुई रेडपाण्डा भेटिएका छन्। जमुनाको हाँगेथाम र मावुको दोबाटेस्थित बलु वनमा पाण्डा भेटिएको टिएमआइका फिन्जु शेर्पाले बताएका हुन्। दुर्लभ भालुको प्रजातिमा पर्ने रेडपाण्डा इलामको हाँगेथाम, दोबाटे, लालबास, कैयाकट्टालगायतमा छन्। रेडपाण्डा अध्ययनका लागि इलाम आइपुगेको न्युजिल्यान्डका चिडियाखाना निर्देशक एन्जिला, टिएमआइ र रेडपाण्डा नेटवर्क नेपालको एक टोलीले अध्ययनका क्रममा रेडपाण्डा फेला पारेको हो। सो क्षेत्रमा रेडपाण्डाको सङ्ख्या धेरै हुन सक्ने टोलीको अनुमान छ।
यसअघि ८ देखि १० वटासम्म रेडपाण्डा ती जङ्गलमा भएको तथ्याङ्क सार्वजनिक गरिएको भए पनि केही महिनायता बाक्लै देखिन थालेको स्थानीय पवित्रा खवासले बताइन्।
- रासस
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed