साबधान! इमेल लेख्दा ५ वर्ष जेल
मेचीनगर अनलाइन
|
Sunday, September 19, 2010
|
0 comments
के तपाईले नक्कली वा सक्कली इमेलबाट कुनै महिलालाई यौनजन्य अभिव्यक्तिहरु दिने गर्नुभएको छ ? छ भने अब होस गर्नुहोला, त्यस्ता युवतीले तपाईविरुद्ध उजुरी गरे भने तपाइले १ लाखसम्म जरिवाना र ५ वर्षसम्म जेल बस्नुपर्ने हुन सक्छ । विद्युतीय कारोबार ऐनले यस्तो कडा सजायँको व्यवस्था गरेको हो । नेपालमा यतिबेला विद्युतीय कारोबार ऐनको खुबै चर्चा हुन थालेको छ । यो ऐनको शिकार पुरुष पत्रकारहरु पर्न थालेका छन् ।
विद्युतीय कारोबार ऐन लगाएर कान्तिपुरका पत्रकार विकास थापालाई काठमाडौंमा थुनिएको छ भने भदौ २२/धनगढीबाट प्रकाशित हुने अनुमोदन राष्ट्रिय दैनिकका प्रकाशक प्रकाश शाहमाथि पनि विद्युतीय कारोबा ऐन२०६३ लगाएर मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनिएको छ । पत्रकार प्रकाश शाहले छद्म कम्प्युटर आईडी प्रयोग गरे
र पत्रकार तथा महिलाहरुको मानहानी गरेको भन्दै उनिमाथ पाँचजनाले विद्युतीय कारोबार ऐन अन्तरगत जाहेरी दर्ता गराएका हुन् ।उनिमाथि पत्रकार दीर्घराज उपाध्याय, उनकी श्रीमती भुवन जोशी, पत्रकार वीरेन्द्र रावल, लोग्शरी कुँवर र अमिता कुँवरले जाहेरी दर्ता गरेका छन् । उनीमाथि भुवन जोशीलगायत कैलालीका दर्जन भन्दा बढी महिला अधिकारकर्मी र पेशाकर्मी महिलाहरुको चरित्र हत्या गरेको आरोप लागेको छ । प्रकाशक शाहले महिलाहरुको पारिवारिक जीनवमा दखल दिने र चरित्र हत्या गर्ने खालको सामग्री प्रयोग गरेर आईतबार र सोमबार देशभरका विभिन्न सञ्चारकर्मी र समाचार गृहहरुमा इमेल सन्देश पठाएका थिए ।
उनले नेपाल टेलिकम र डब्ल्यु लिंकको इन्टरनेट प्रयोग गरी पहिलो सन्देश सन् २०१० सेप्टेम्बर ५ तारिखमा २ बजेर ३७ मिनेट दिउँसो एउटा सन्देश पठाएका थिए । त्यसपछि दोस्रो सन्देश थप गाली बेइज्जती गरेर ६ बजेर १८ मिनेट साँझ अर्को सन्देश पठाएका थिए । दुई दिनसम्मको प्रयासपछि नाम मुछिएका पत्रकारहरुले त्यो सन्देश पठाउने शाह नै हो भन्ने बारेमा प्रमाण जुटाएको छ । उनले Barun sunami@yahoo.com / birendralok@yahoo.com ईमेल आइडी खोलेर वीरेन्द्र रावल सेन्डर रहेको मेल फर्वाड गरेका छन् । उक्त ईमेल आईडीबाट पठाइएको सन्देशमा आफुसँग महिला र पुरुषका एक सय भन्दा बढी अश्लिल फोटो र भिजूअल रहेको पनि उल्लेख गरिएको छ ।
साथै सन्देशमा यस्ता फोटा सहितका समाचार प्रकाशित गर्ने सञ्चारकर्मीले त्यस बाफत फोटोको मूल्य तिर्नु नपर्ने र त्यस्ता अश्लिल फोटो संकलन गर्नु आˆनो सोखमात्र भएको उल्लेख छ । उक्त ईमेल धनगढी स्थित अनुमोदन दैनिकको कम्प्यूटरबाट पठाईएको प्रमाण फेला परेपछि नाम मुछिएका पत्रकार शाहलाई सोमबार बेलुकी साढे सात बजेतिर वडा प्रहरी कार्यालयले एलएनचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो ।
पक्राउ परेका शाहलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि भनेर पक्राउ गरेपनि अनुमोदन दैनिकका प्रधान सम्पादक एवं पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वाँरले राती १० बजेतिर मंगलबार बिहान १० बजेतिर जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउँने भन्दै जमानत बसेर छुटाएका थिए । तर मंगलबार दिउसो तीन बजेसम्म पनि पत्रकार शाह र स्वार सम्पर्कमा नआएपछि प्रहरीले दुवैजनालाई साढे तीन बजेतिर पक्राउ गरेको थियो ।
पक्राउ परेका शाहलाई नाम मुछिएका महिला र उनिहरुका परिवारले जिल्ला प्रहरी कार्यालयभित्र हातपात समेत गरेपछि एकछिन तनाव समेत सृजना भएको थियो, भने पत्रकार शाह नाङ्गै खुट्टा दौडेर एसपीको कार्यकक्षमा पुगेका थिए । उता उक्त कार्यमा संलग्न रहेका प्रकाश शाहलाई सहयोग गरेको भन्दै आक्रोसित महिलाहरुले मंगलबार बिहान एलएनचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म उनिहरु विरुद्ध नारावाजी गर्दै जुलुस समेत प्रदर्शन गरेका छन् । उनिहरुले अनुमोदन दैनिक पत्रीका खारेजीको माग समेत गरेका छन् । यस्तै नाम मुछिएका महिलाहरुले सोमबार बेलुकी अनुमोदन दैनिकमा लगाएको ताला खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमूख योगेश्वर रोमखानीले अनुमोदन दैनिक कार्यालयमा रहेको कम्प्यूटरलाई प्राविधिकद्वारा चेकजाँच गराउन पहल भईरहेको भन्दै त्यसको व्यवस्था नभएसम्म ताला नखोल्ने बताएका छन् । तालाबन्दीकाकारण मंगलबार उक्त पत्रीका प्रकाशित हुन सकेन भने पत्रीकाको कार्यालयमा प्रहरीले पहरा दिइरहेको छ । विगतदेखि नै महिलाहरुका विरुद्धमा पित पत्रकारिता गर्दै आईरहेका शाहलाई हदै सम्मको कार्वाही गरिनुपर्ने माग महिलाहरुको रहेको । शाह गोरखापत्र दैनिक र एबीसी टेलिभिजनका कैलाली समाचारदाता हुन् ।
यसैगरी कान्तिपुरमा बरिष्ठ पत्रकार विकास थापामाथि सहकर्मी मैना धिताललाई अश्लील इमेल पठाएको आरोपमा पक्राउ गरिएको हो । कार्यालयमा थापाले प्रयोग गर्ने कम्प्युटरबाट धिताललाई इमेल पठाइएको आरोप थापामाथि छ । थापाले भने त्यसलाई अस्वीकार गरेका छन् । नेपालमा इमेल र फेसबुकमार्फत् विभिन्न प्रकारमा अश्लील गतिविधिहरु बढ्दै गएका बेला यो ऐनले त्यस्ता व्यक्तिहरुमा ठूलो आतंक मच्चाएको छ । ऐनको दफा ४७ मा विद्युतीय माध्यम वा इन्टरनेटबाट अश्लील कुरा प्रकाश गर्ने व्यक्तिलाई १ लाखसम्म जरिवाना र पाँचवर्षसम्म कैदको कडा व्यवस्था गरिएको छ । विदेशमा बसेर नेपालमा त्यस्तो इमेल गर्नेलाई पनि कारवाही गर्ने ऐनमा उल्लेख छ ।
Filed Under: प्रबिधि

0 comments
Trackback URL | Comments RSS Feed