अरुण पूर्वका ९ जिल्लाका शैक्षिक संस्था ठप्प
मेचीनगर अनलाइन
|
Monday, September 20, 2010
|
0 comments
आश्विन ४ - संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले पूर्वका ९ जिल्लामा शैक्षिक हड्ताल गरेको छ । संघीय बिद्यार्थी युनियनले आज लिम्बुवान व्यापी शैक्षिक संस्था बन्द गरेको हो । हड्तालका कारण अरुण पूर्वका ९ जिल्लाका शैक्षिक संस्थामा पठनपाठन प्रभावित भएको छ ।
लिम्बुवानमा रहेका प्रत्येक उच्च माविहरूमा विषयगत शिक्षकको दरबन्दी हुनुपर्ने, विद्यार्थीहरूलाई निशुल्क शिक्षाको व्यबस्था गर्नुपर्ने, लिम्बू र राई जातिका बारेमा प्रकाशित भ्रमपूर्ण पाठ्य पुस्तक खारेज गरिनुपर्ने लगायतका २४ बुँदे माग गर्दै एक दिने शैक्षिक हड्ताल गरेको युनियनले जनाएको छ ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध युनियनका
सागर खडका, एस.डी. कार्की र वि.पि. घिमेरद्वारा लिखित बि.बि.एस. तेस्रो वर्षको ग्रामीण विकास सम्बन्धी पाठ्य पुस्तक, सुदर्शन शिलवालद्वारा लिखित आई.एड. दोश्रो वर्षको अर्थशास्त्र पाठ्यपुस्तक प्र्रति घोर आपत्ति जनाएको छ । पुस्तकमा राई र लिम्बूहरू सिक्किमबाट भागेर नेपालमा आएको र उनीहरू आदिवासी नभई आप्रवासी भएको उल्लेख गरिएकाले त्यस्ता शव्द लेखिएको पाठ्यक्रम सरकारले तत्काल खारेज नगरे थप कडा आन्दोलन गर्ने युनियनले जनाएको छ ।युनियनले लिम्बुवान क्षेत्रका लागि परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास बोर्ड राख्नु पर्ने र लिम्बुवान विश्व विद्यालय खोल्नुपर्ने लगायत माग गर्दै बन्द आव्हान गरेको हो ।
Source :
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed