• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मुर्ति सिंगार्न भ्याइनभ्याइ

पर्वत पोर्तेल चारपाने ( झापा ) – शनिश्चरे झापाका हुस्रालाल राजवंशीलाई केही दिन यता कसैसंग वोल्ने फुर्सद छैन् । नजिकिदै गएको विश्वकर्मा पुजाका लागि मुर्ति तयार पार्नै पर्ने वाध्यताले उनीलाई कसैसंग गफगाफ गर्ने फुर्सद नभएको हो । उज्यालो हुने वित्तिकै झापा चारपानेस्थित मुर्ति निर्माणस्थल आइपुग्ने उनको दैनिकी अवेरसम्म चलिरहन्छ । उनी भन्छन्,‘साथी भाई आउदा गफगाफ गर्न पनि फुर्सद पाउदिन ।’
झापाको चारपानेमा विश्वकर्माकोमुर्ति
 सिंगार्दै राजवंशी । तस्वीरः पर्वत पोर्तेल 
विश्वकर्मा पुजाका लागि मात्रै  विभिन्न स्थानबाट ५०–६० वटा मुर्ति बनाउने अर्डर आएका कारण राजवंशी अव्यस्त बनेका हुन् । त्यसैले समयमा
मुर्ति तयार गर्न कम्मर कसेर लागि परेका छन् । उनलाई साथ दिएकी छन् आफ्नै छोरी चानछोरी राजवंशीले । ‘छोरीले धेरै सहयोग गरिरहेकी छ’, मुति सिंगार्दै राजवंशीले भने,‘छोरी नभए यत्रो मुर्ति तयार गर्न मलाई गाह्रो पर्ने थियो ।’ चानछोरी सानै उमेरदेखि वुवाको पछि लागेर माटो मुच्ने, रंग लगाउने गर्थिन् । अहिले वावुको मुख्य सहयोगीको रुपमा रहेकी उनी आफै पनि मुर्ति बनाउन माहिर छिन् । आदिवासी समुदायमा छोरीले यस्तो काम गर्नु हुदैन भन्ने मान्यता रहदै आएको छ । तर, उनी विना हिच्किचाहट मुर्ति बनाउछिन् । भन्छिन्,‘मुर्ति वनाउदा शरीरमा एक किसिमको उर्जा पैदा हुने गरेको छ ।’ उनी सिजनमा मुर्ति बनाउछिन । अन्य समय साग सव्जी विक्री गरेर जिविका चलाउछिन् । उनले वावुको शेषपछि यसै पेशालाई निरन्तरता दिने मेचीनगर अनलाईन बताइन् । नजिकिएको विश्वकर्मा पुजा, दुर्गा पुजा, काली पुजाका कारण साग सव्जी वेच्न छाडेर यतैतिर पुर्ण समय छुट्याएर लागेको वताउछिन् ।
राजवंशी वावु छोरीले हप्तामा ४ देखि ६ वटाका दरले मुर्ति निर्माण गर्दै आएका  छन् । यसवाट उनीहरुले मनग्ये आम्दानी गरिरहेका छन् । पुजा आउन तीन दिन मात्रै छ । त्यसैले जोडतोडका साथ लागेका छन् उनीहरु । ‘९९ प्रतिशत काम सकिसक्यो’, राजवंशी भन्छन्,‘अव सिंगारपटार मात्रै बाकी छ ।’ मुर्ति निर्माणका लागि नजिकैको इटाभट्टाबाट माटो ल्याइने गरेको बताए । राजवंशीले एउटा मुर्ति ६ सय देखि २५ सय रुपैयासम्ममा विक्री गर्दै आएका छन् ।  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply