• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

प्रहरी प्रशासनबाटै सञ्चार क्षेत्र असुरक्षित

@ विमर्श उप्रेती
आम नागरिकको सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिएर बसेका प्रशासन संयन्त्रका उच्च पदाधिकारीहरुकै लापवार्हीले सर्वसाधारण जनता असुरक्षित हुने क्रम अझै रोकिएको छैन ।
समाजमा शान्ति, सुव्यवस्था एवम् अमनचयन कायम गर्ने सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनिएका राज्यको प्रहरी प्रशासनका उपल्लो निकायका
 कर्मचारीहरुबाटै कानूनि राज्यको खिल्लि उठाएर समाजमा सुरक्षा अवस्था कमजोर बन्दै गइरहेको छ । करिव दुई साता अघि मात्र सुनसरीका प्रहरी प्रमुख एसएसपी मिङमार लामाको प्रत्यक्ष रोहवरमा, उनकै निर्देशनमा आपराधिक गिरोहका नाइके संखुवासभाका थमन गुरुङको आक्रमणमा फाष्टकर्मी लिलानाथ घिमिरे गम्भिर घाईते भएका थिए । उनी अझैपनि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत छन् । यो घटनाले सर्वसाधारण जनतामा ‘नेपालको कानून दैवले जानुन्’ भन्ने पुरानो नेपाली उखानको स्मरण गराएको छ । समाजमा श्रृंखलाबद्ध अराजक गतिविधी गर्दै हिड्ने अनि त्यसको वास्तविकता सार्वजनिक गर्न खोज्ने समाजको एउटा सचेतवर्गमाथि हमला गर्ने एसएसपी लामा के कानूनका ठेकेदार हुन त ? के उनी जे मन लाग्यो त्यो गर्दै हिड्ने डामेर छोडेको साँडे हुन् त ? यसप्रति मिङमार प्रवृतिका काण्ड मच्चाउने र तयारीमा रहेका सुरक्षा अंगका मान्छेहरुले गम्भिरतापूर्वक हेक्का राख्नुपर्ने टड्कारो बनेको छ । सञ्चारकर्मी घिमिरेमाथिको प्रहार एउटा व्यक्तिमाथिको मात्रै आक्रमण थिएन्, त्यो सिङ्गो प्रेस जगत बौद्धिक तप्का र समग्रमा लोकतन्त्र माथिकै अहिलेसम्मकै जघन्य अपराध थियो । अझ भन्ने हो भने यो प्रहारले लोकतन्त्रको उपहास मात्र गरेको छैन कि नेपालमा प्रजातन्त्रिक मूल्य र मान्यताको अवमुल्यन गर्दै प्रजातन्त्रको अनुपस्थितीको आभाष गराएको छ । कानून सवैका लागि समान रुपमा लागु हुनुपर्ने हो, कानूनभन्दा माथि कोही पनि छैन । एसएसपी मिङमार आपराधिक गिरोहका प्रतिनिधी मात्र हुन् । उनीजस्ता असंख्य अधिकृत तहका प्रहरीहरुको मानवअधिकार उल्लघंनका अधिकांश घटनामा पीडितलाई दवाएर पीडकको पक्षमा लज्जास्पद फैसला गर्ने कार्यमा सहभागिता हुँदै आएको छ । घाइते पत्रकार घिमिरे सञ्चारक्षेत्रमा आवद्ध व्यक्तिलाई आक्रमणगरेपछि मात्रै त उनीहरुका अपराधका तानाबुना, कुकृत्य पर्दाफास भएका हुन् नि ! यसले मुलुकमा मानवअधिकारको वर्तमान अवस्थाबारे यथार्थ सन्देश प्रवाह गरेको छ । यो घटनाले प्रहरी प्रशासनमा अनुशासन अभावको खाँचो औल्याउँदै शुद्धिकरणको संकेत गरेको छ । सञ्चारकर्मी घिमिरेको दोषिलाई कार्वाहीका लागि पत्रकार महासंघ, सञ्चार सम्वद्ध पेशागत संघ संगठनहरु, बार एसोसियसन लगायतले पहलकदमी लिँदा समेत हम्मे हम्मे परिरहेको छ भने एउटा सामान्य नागरिक त्यहाँ घाइतै भैदिएको भए प्रशासनले त्यसै एकलौटी निर्णय गरेर, पेलेर जाने रहेछन् नि त ! पूर्व क्षेत्रिय प्रहरी प्रमुख भिष्म प्रसाई बेलामौकामा कुर्लिर्ने गर्नुहुन्छ– ‘पत्रकारहरुसँग सहकार्य गरेर हामी अघि बढ्छौं, नागरिकको सुरक्षाको जिम्मेवारी दृढतापूर्वक कार्यान्वयन गर्छौ’ डिआईजी प्रसाइको प्रतिवद्धता पनि राम्रै ढंगले बुभ्mने मौका पाइयो । एसएसपी लामाको गल्ति घामजत्तिकै छल्ङघ हुँदाहुँदैपनि अपराध स्विकार गर्न इन्कार गर्नेले न्याय माग्दै आएको पीडितले उनीजस्ताहरुसँग कस्तो न्यायको अपेक्षा राख्ने ? सुनसरीभरिका होटल व्यवसायीहरुलाई नौ बजे होटल बन्द गर्नुपर्ने कानून बनाई निर्देशन दिने अनि आपूm चाँही साउन अन्त्यको मध्यरातमा धरानको हिल गार्डेन रेष्टुरेन्टमा बियरको नशामा रम्दै डिस्को पार्टीमा तरुनीसँग मस्त नाच्ने.मिङमार कहाँसम्मका गैरजिम्मेवार सुरक्षा प्रमुख हुन त ? उनको मध्यरातको चर्तिकलाको भण्डाभोर गर्न खोज्दा नै मिङमार समूहको बोतलको प्रहार सहनुप¥यो सञ्चारकर्मी घिमिरेले । लिलाजीले क्यामेरा ननिकालेर बरु सँगै बसेर बियर खाइदिनुपथ्र्यो होला मिङमारको बिचारमा । कानूनी दायरा आफैले तोक्ने अनि त्यसलाई कुल्चदै बुकुर्सी मार्नेहरुले नै गर्दा मुलुकमा दण्डहिनताले प्रश्रय पाइरहेको छ । तस्करी, घुसखोरी, भ्रष्टचार, बलत्कार, लुटपाट, चोरी डकैती हत्याजस्ता आपराधीक कृयाकलापले चुली नाघ्दैछ । मुलुकमा संक्रमणकालिन अवस्थाको फाइदा उठाएर उनले गरेको यो कायरतापूर्ण व्यवहारले नेपालको प्रहरी प्रशासनकै वदनाम गरेको छ । अपराध गरेर त्यो स्विकार नगर्ने अनि कावार्ही भोग्न त कता हो कता, कावार्हीका लागि उनीविरुद्ध आएको उजुरी दर्ता नगर्न सम्मको आदेश दिने एसएसपी लामा नेपाल सरकारले कही, कतै बन्देज नलाग्ने गरी नम्वर प्लेट टाँसेर छाडेको सार्वजनिक व्यक्ति हुन त ? घटनाको निष्पक्ष छानविन गरी घाइते पत्रकार घिमिरेका दोषिलाई तत्काल निलम्वन गर्नु अहिलेको आवश्यकता हो । जनताको सुरक्षाको दायित्व सम्हालेको प्रहरीनै आपराधीक काण्डको सच्चा मतियार बन्न थालेपछि अव सर्वसाधारण जनता आफैपनि बर्दी विनाका प्रहरी भएकाले सजकता अपनाएर आप्mनो सुरक्षा आफै गर्नुको विकल्प छैन ।

लेखक मेची बोर्डर जर्नालिष्ट एसोसिएसनका सदस्य हुन्

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply