हात्ती नियन्त्रणमा २ देशवीच सहमित
मेचीनगर अनलाइन
|
Thursday, September 2, 2010
|
0 comments
काकडभिट्टा १७ भाद्र पूर्वी नेपालमा जंगली हात्तीलाई छिर्न नदिन भारतिय अधिकारीले प्रतिवद्धता जनाउका छन् । झापाका बाहुनडाँगीलगायत विभिन्न ठाउँमा बसे्रनी धनजनको क्षति पुर्याउँदै आउका छन् । 'हात्ति आतंक नियन्त्तणमा हाम्रोतर्फबाट सहयोगमा कन्जुस्याइँ हुने छैनु दार्जीलिङ पानीघट्टामा भएको अन्तरसीमा बैठकपछि खसा्रङस्थित वन कार्यालयका सहायक अधिकृत नारायणचन्द्र रायले भने 'यसमा दुवै देशवीच समन्वय जरुरी छ ।' उनले
बाहुनडाँगी लगायत केही क्षेत्र र भारतका केही ठाउँ हात्ती हिड्ने कोरिडोर भएकाले नियन्त्रण असंभव भएको तर्क राखेका थिए । उनले धान मकै लगायतका हात्तीले क्षति पुर् याउने बालीको सट्टा चिया बाँस कटहर लगायत बाली तथा फलपुूल लगाउन नेपाली अधिकारीहरुलाई सुझाव दिएका थिए । रायले भने 'यसो गर्दा पनि हात्ती आतंक कम हुँदै जानेछु रायले हात्तीले उत्पात गरेका भारतका केही ठाउँमा यही उपाय अपनाएको र केही कम भएको अनुभव सुनाए ।
उक्त बैठकमा नेपालबाट झापाका वन अधिकृत सुधिर कोइराला सहायक अधिकृत यमबहादुर रुम्वा काकडभिट्टाका प्रहरी निरिक्षक देवीप्रसाद फागो तथा प्रकृति संरक्षण समाज अध्यक्ष अर्जुन कार्की लगायत सहभागी थिए । भारतीय पक्षमा सहायक वन अधिकृत रायसहित पानीघट्टा रेाज पोष्टका भुपेन विश्वकर्मा रोशन प्रधान लगायत सहभागि थिए । भारतका कारण नेपाली क्षेत्रमा हात्ती आतंक बढेको भन्दै नेपाली अधिकारीले ध्यानाकर्षण गरेका थिए । जंगली हात्तीको आक्रमणबाट वि।स २०३६ सालदेखि यता बाहुनडाँगीमा मात्र ३० जना मानिसले ज्यान गुमाएका छन् भने करौडौंको भौतिक क्षति भएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed