यूएईमा मोती जयन्तीका साथ गजल मुशायरा हुने
मेचीनगर अनलाइन
|
Monday, September 20, 2010
|
1 comment
दिनेश आचार्य ‘मन्डू’ , अबुधाबी/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी आगामी अक्टोवर १ २०१० का दिन यूएई व्यापी गजल मुशायरा गर्दै धुमधामका साथ मोती जयन्ती मनाउने जनाएको छ ।
च्याप्टरका अध्यक्ष समदर्शी काईंला द्वारा हस्ताक्षर गरिएको सो प्रेस विज्ञप्तिमा अघि भनिएको छ नेपाली भाषा साहित्यको क्षेत्रमा गजल विधा भित्र्याउने गजलकार तथा कवि मोतीराम भट्टको 145 औं ...जन्मजयन्तिको अवसरमा यो कार्यक्रम गर्न लागिएको हो ।
नेपाली साहित्यले उत्तर आधुनिक मोडतिर प्रवेश गरिसकेको बताउने काईंलाका अनुसार वर्तमान अवस्थामा रंगवादी साहित्यलाई समेत गजल मुशायराले थप टेवा दिने विश्वास व्यक्त गरेका छन् । नेपाली साहित्यको डायस्पोरल इतिहासमा गजल विधा निकै चर्चित समेत बनेकाले यस्ता कार्यक्रमहरु गर्दा प्रवासमा रहेर कलम चलाउने साहित्यकारहरुका निम्ति यो अत्यन्तै महत्वपूर्ण अवसर हुने विश्वास समेत सो विज्ञप्तिमा व्यक्त गरिएको छ ।
Filed Under: परदेश


very good mandu g! news sampresan gardai garnu hola.padhi rahana pau hai ta.....