बढ्दैछ अबैध पटकाको व्यापार
मेचीनगर अनलाइन
|
Monday, September 20, 2010
|
0 comments
मोरङ, ४ असोज नेपालीहरुको महानपर्वका रुपमा रहेको दशै र तिहार लगायतका चाँडबाड नजिकिदै जाँदा भारतबाट पटका लगायतका आतशबाजीहरु ऋवैध रुपमा नेपाल भित्रीने क्रम बढ्दै गएको छ । चाँडबाडलाई मध्येनजर गरेर प्रहरीले सुरक्षा सम्यन्त्र बढाइएको जनाइरहेका बेला अबैध रुपमा भित्र्याउँदै गरेको पटका बरामद भएपछि सो कुराको पुष्टि भएको हो ।
आइतबार राती मात्रै भारतीय बजारबाट अबैधरुपमा नेपाल भित्र्याइएको करिब ३० हजार मुल्य बराबरको पटका प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी तस्करी गरि ल्याइएको सो मुल्य बराबरको पटका विराटनगर १८ स्थित जतुवाबाट प्रहरीले बरामद गरेको हो । स्थानीय मलाया रोडको नहर खण्डमा प्रहरीले चेकजाँच गर्दा को १ ख ४५४ नम्बरको बसमा लुकाएर ल्याउदै गरेको विभिन्न प्रकारका पटका बरामद भएको प्रहरीले जनाएको छ । पटका नियनत्रणमा लिएपनि कस्ले भित्र्याएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार बसमा सवार यात्रु र चालकले सो सामान प्रति अनबिज्ञता प्रकट गरेपछि बेवारिसे सामान मात्र नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका समाग्रीहरुमा नागिन पटका, मिनि बुलेट, फुलझरी, झिरझिरे लगायतका आतशवाजीहरु रहेको मोरङ प्रहरीले जनाएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed