• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

हडताल गर्दा ८९ नेपाली कामदार कतारबाट निष्कासित

दोहा (कतार), आश्विन ७ - कतार सरकारको नियमविपरीत हडतालमा उत्रिएका ८९ जना नेपाली कामदार कतारबाट फिर्ता हुनुपरेको छ ।

तलब नबढाएको भन्दै दोहास्थित एक निर्माण कम्पनीमा आन्दोलनरत नेपाली कामदारलाई पक्राउ गरी स्वदेश फिर्ता पठाएको हो । १० दिन अगाडि पक्राउ परेका उनीमध्ये मंगलबार र बुधबार स्वदेश पठाएको हो । कम्पनीको नियमअनुसार तलब नबढाएको भन्दै उनीहरूले काम बन्द गरेर हडतालमा उत्रिएका थिए । कम्पनीले कामदारसँग प्रत्येक वर्ष १० प्रतिशत तलव वृद्धि गर्नुपर्ने नियम बनाएको थियो ।


'कम्पनीसँग प्रतिवर्ष १० प्रतिशत तलब बढाउने सहमति थियो । अघिल्लो वर्षसम्म त्यहीअनुरूप बढाए पनि यसपटक ९ महिनासम्म तलब नबढाएपछि हामीले काम बन्द गरेका हौं,' फर्केका दोलखाका जगतबहादुर कार्कीले भने ।

कम्पनीले दीपकबहादुर छेत्री अर्याल, नारायण सार्की र जगतबहादुरलाई कामदारलाई हडतालमा लगाएको भन्दै स्वदेश फिर्ता गर्ने योजना बनाएको थियो ।

२ वर्ष काम गरिसकेका कामदारलाई कम्पनीले आफैं घर फिर्ती टिकट दिएको थियो भने २ वर्षभन्दा कम अवधि काम गरेका कामदारलाई उनीहरूकै बक्यौता तलबबाट टिकट काटिएको नारायण सार्कीले बताए ।

News source : Kantipur Online

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply