• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

तराईमा जितिया पर्वको रमझम सुरु


१० असोज, भद्रपुर । तराईका ग्रामीण क्षेत्रमा जितिया पर्वको रमझम सुरु भइसकेको छ । सन्तानको दीर्घायु तथा समृद्धिको कामनाका लागि मैथिलानी र थारु समुदायका महिला यत्तिखेर उत्साहपूर्वक यो पर्व मनाउन जुटिरहेका छन् ।
व्रतालु महिलाले पर्वका लागि आवश्यक सामानको जोहो गर्न र कतिपय ठाउँमा माटोको जिमूतवाहनको देउताको मूर्ति बनाउन गाउँलेहरु लागिपरेका छन् । जिमूतवाहन देउताको पूजा गरिने गरिएकाले यस पर्वलाई जितिया पर्व भन्ने गरिएको हो ।

यो व्रत गरेपछि कुनै पनि प्रकारको आपत्विपतमा पर्दा पनि सन्तानको जीवन सुरक्षित रहने धार्मिक विश्वासले ओतप्रोत भई आ-आफ्ना परम्परानुसार आमाहरु श्रद्धा एवम् भक्तिका साथ व्रतको अवधिभर उपवासमा बसेर जिमूतवाहन देउताको पूजामा आफूलाई समर्पित गरेर यो पर्व मनाउने गरिन्छ ।
आश्विनकृष्ण अष्टमी तिथिभर उपवासमा बसेर मनाउनुपर्ने हुन्छ । तिथिको हेरफेरको कारण व्रतालुलाई ३६ घन्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । यस वर्ष पनि गतवर्षझैँ तिथिको समयमा हेरफेर भएकाले व्रतालुलाई करिब ३६ घन्टासम्म उपवासमा बस्नुपर्ने मैथिल पञ्चाङ्गले जनाएको छ ।
यसपल्ट आउँदो बिहीबारको दिन सूर्योदय हुनु अगावैबाट व्रत सुरु भई शुक्रबार करिब अपराहृन ४.३० बजे व्रत सम्पन्न हुनेछ ।
यस पर्वको अवधिभर व्रतालु महिलाले थुकपनि निल्नु नहुने, व्रतलाई खण्डित पनि गर्न नहुने र अति नियमनिष्ठाका साथ मनाउनुपरेकाले यसलाई कठोर व्रतको रुपमा सम्भिmने गरिन्छ ।
आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालुहरूले नजिकको पोखरी वा नदीमा स्नान गरी सोही ठाउँमा घिरौँलाको पातमा पिना र तेल राखेर जिमूतवाहन देवतालाई चढाई पूजापाठ गर्छन् । त्यसपछि व्रतालुहरु घर पुगेर विधिपूर्वक जिमूतवाहन, चील र स्यालको पूजा गरेर प्रसाद चढाउने गर्छन् ।
पितरपक्षको अवधिमा यो व्रत मनाउने गरिएकाले खासगरी मैथिल ब्राहृमणी व्रतालुहरुले अनिवार्यरुपमा पर्वको पूर्वसन्ध्यामा आ-आफ्ना दिवङ्गत सासू, आमा, हजुरआमाको पूजा गरी प्रसाद चढाउने गर्छन् ।
त्यसपछि दिवङ्गत सासू र आमाको उद्धारका लागि अन्य गोत्रकी मैथिल ब्राहृमणीलाई निम्तो दिई भोजन गराउनुपर्ने परम्परा रहिआएको छ ।
थारू ज्ाातिमा जितिया व्रत गरिने छोरीलाई ससुरालीबाट माइतमै बोलाएर व्रतमा बस्न लगाउँछन् । यसका साथै पर्व उत्सवको रुपमा नाचगानसमेत गरेर मनाउँछन् ।
आश्विन कृष्णसप्तमी तिथिका दिन व्रतालु महिलाहरूले कोदोेको रोटी र माछा खानुपर्ने नियम रहेको छ भने विधवा महिला अरुवा-अरुवाइन खाने गर्छन् ।
यो पर्वमा ओटघनको धेरै महत्व हुन्छ । सप्तमी तिथिको मध्यरातमा उठेर व्रतालुसहित सपरिवार गरिने भोजनलाई ओटघनभनिन्छ ।
ओटघन क्रममा खासगरी च्युरा, दही, केराका साथै मिठाई खाने चलन छ । त्यो खाएर उठेपछि फेरि पानी वा केही खान पाइँदैन र व्रत शुभारम्भ भएको मानिन्छ । रातभरि सप्तमी तिथि परेमा मात्र ओटघनको संयोग बन्छ । नत्र बिना ओटघनकै व्रत सुरु गर्नुपर्छ ।
कृष्ण अष्टमीका दिन व्रतालुहरूले नजिकको पोखरी, तलाऊमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् ।
त्यसपछि घर फर्केर डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । यसलाई डाली भर्ने विधि भनिन्छ ।
छोपिएको डालीबाट कपडा पर्व समापनको अवसरमा हटाउने गरिन्छ । हटाउने काम छोराले गर्छन् । दिउँसोतिर टोलभरिका महिलाहरूले एकठाउँमा भेला भएर जिमूतवाहन देउता, पर्व शुभारम्भ, व्रतको महत्वलगायतका विषयमा एउटी व्रतालु महिलाले कथावाचन गर्छिन र सबैले कथा श्रवण गरेपछि आ-आˆना घर र्फकन्छन् ।
त्यसपछि, साँझतिर आँगनलाई गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चीलको आकृति बनाइन्छ र हाँगामुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशले बनाइएको जिमूतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर व्रतालु महिलाले पूजापाठ गर्छन् ।
भविष्य पुराणमा वर्णन गरिएअनुसार प्राचीनकालमा शालिवाहन राजाको पुत्र जिमूतवाहनमाथि महादेवको असिम कृपा थियो । उनलाई महादेवको बरदानप्राप्त थियो । नियमनिष्ठाका साथ जो कोही व्रतमा बस्छन् उनको सन्तान दीघार्यु हुने बरदान पाएकाले महिलाहरु यो व्रत बस्ने गर्छन् ।
धार्मिकग्रन्थमा वर्णन गरिएअनुसार कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रूखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चील । दुईटैको बीचमा घनिष्ठ मित्रता थियो ।
जितिया पर्व मनाउने महिलाहरू नर्मदा नदीमा स्नान गरी त्यही रूखको फेदमा बसेर एकदिन जिमूतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए ।
व्रतालु महिलाहरूको कथा सुनेर चील र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुइटैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे ।
सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांश भाग जलेपछि छोडेर घर फर्के । उनीहरू फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चीललाई थाहै नदिइ मासु पनि खायो र केही लुकाएर पनि राखेको चीलले हेरिरहेको थियो ।
दुवैको जन्म भास्कर नामक ब्राहृमणको घरमा भयो । पूर्वजन्ममा चीलको शिलावती र स्यालको कर्पूरावतीको रूपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनबानको घरमा र कर्पूरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पूरावतीको पटकपटक गरी सात छोरा जन्मियो तर छोराहरुको जन्मने बित्तिकै मृत्यु भयो ।
कान्छी कर्पूरावतीको सबै सन्तान मरेपछि उनमा डाहाको भावना बढ्दै गयो । उनले आफ्नी दिदी शिलावतीकी सन्तानको हत्या पनि गराए तर, जिमूतवाहन देउताको कृपाबाट सबै सन्तान जीवित भए ।
यो आश्चर्यचकित घटनाबाट उनी अत्यन्त दुःखी भइन् । त्यसपछि उनकी दिदीले पूर्वजन्मको घटनालाई स्मरण गराउँदै व्रत भङ्ग गरेको कारण उनको सन्तान जीवित नरहेको सुनाइन् । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply