मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
धुलावारी – नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलालाई मोतिराम भट्ट साहित्य पुरस्कार प्रदान गरिएको छ ।
 |
काइलालाई धुलाबारीत्रिफला राष्ट्रिय पुस्तकालयमा सम्मान गरिदै । तस्विर प्रकाश पौडेल |
झापाको धुलावारीमा मंगलवार आयोजित एक समारोहकावीच काइलाकै समकालीन इन्द्रवहादुर राईले उक्त पुरस्कार प्रदान गरेका थिए । का“कडभिट्टा निवासी दानवीर एवम साहित्यकार स्वर्गीय छत्रवहादुर वस्नेतले स्थापना गरेको उक्त पुरस्कारको राशी ३० हजारसहित कदर पत्र रहेको छ । धुलावारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयको आयोजनामा सम्पन्न एक कार्यक्रमकावीच काइलालाई पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार पाउने उनी पहिलो श्रष्ठा हुन् ।
पुस्तकालयका अध्यक्ष प्रेमप्रसाद फलाहारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राई, सम्मानित व्यक्ति काइला, प्राज्ञ कृष्णभुषण वल, संचारकर्मी चन्द्र भण्डारी, सिक्किमे स्रष्ठा प्रद्युम्न श्रेष्ठ, पुर्व सांसद तारासम योङयालगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रकाश आङदाम्वे, विवश वलिभद्र कोइराला, सविता दाहाललगायतले कविता तथा गजल वाचन गरेका थिए ।
सोही अवसरमा गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
Filed Under:
समाचार
0 comments
Trackback URL | Comments RSS Feed