मलेसियामा पहिलोपटक तीज
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
योगेनद्र योगेन/क्वालालम्पुर मलेसिया नेगरी सेम्विलान निलाई मा पहिलोपटक तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । मुस्लीम समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज धुमधामका साथ मनाइएको छ ।तीजको अवसरमा निलाई स्थित युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा कार्यक्रम सम्पन्न भएको थियो । तीज कार्यक्रममा विभिन्न परिकारका खाना खिर, खाई तीजको गीत गाएर नेपाली चेलीहरु छमछमी नाचेका थिए
। कार्यक्रममा नेपाली एकता समाजका अध्यक्ष अजयकुमार शाह लगायत समाजका अन्य सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed